काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ललितपुरमा दुई शाखा विस्तार गरेको छ । बैंकले बिहीबार ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखा उद्घाटन गर्नुभएको थियो । पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा दिने बताउनुभयो । बैंकले हालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements