नेपाली लोकवेदको एउटा ऋचा छ पालोतालो नाति मैमाथि । देशका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबै विद्यालय महाविद्यालय र विश्वविद्यालय पार गरेर गएका समूहले देशका समग्र कुरा सञ्चालन गर्दारहेछन् तर दुर्भाग्य त्यही नेपाली लोकवेदका ऋचाले संकेत गरेजस्तै सबैले गिर खेल्ने ठाउँ भनेको प्रा.वि.देखि विश्वविद्यालयका शैक्षणिक संस्था नै पर्दारहेछन् । यो शैक्षणिक संस्था बुहारी र सरकारी निकायका सारा किंकर चाहिँ सासु हुँदा यो रोग निको हुँदोरहेनछ । हाम्रा देशको कहिल्यै निको नहुने थाङ्ने ज्वरो कसरी निको गराउने भनेर कसैले किन नसोचेको होला ? भन्दा सस्तो बेसाहा पखाला लागी मर । विदेशले दिने सहयोग, गार्हस्थ्य उत्पादनमा मौकाको खेल भएपछि देश त सधैं कंगाल जहाँ कंगाल त्यहाँ चण्डाल ।
देशका समग्र संस्था र पक्ष नियम र निष्ठाबाट प्रशासित हुनुपर्दछ । सरकारी निकायमा काम गर्न गएका व्यक्ति सबै सासू पल्टेर बुहारी कज्याउँदा शैक्षणिक संस्था सधैं दन्तबझान र सरकारसँग लड्ने एउटा लडाकु संयन्त्रजस्तो देखिने भयो । यसमा शिक्षक र सरकारका बीचमा बसेर ‘जरा इसमे से जरा उसमे से’ गराएर लडाउने काम चाहिँ शिक्षाशास्त्र पढेका कथित शिक्षाविदको पनि भूमिका रहँदै आएको देखिन्छ । हाम्रा देशमा प्रचलित एउटा लोकवेदले भन्छ ‘काहिँ नभएको जात्रा हाँडी गाउँमा’ । दुनियाँमा काहिँ नभएको कोकोहोलो चाहिँ तलदेखि माथिसम्मकै शैक्षणिक क्षेत्रमा गराउने काम ढोकामा बसेर आँगनकी बुहारी र मझेरीकी सासूलाई लडाउने काम चाहिँ कुरौटे शिक्षाविद्को हुँदोरहेछ ।
प्रजातन्त्र भनेको विधिको सर्वोच्चता र जनता सबैभन्दा माथि हुने व्यवस्था हो तर अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी र सबैभन्दा बढी हरक्षेत्रमा बिचौलिया हावी भएका छन् । यो प्रजातन्त्र होइन यो त दलालतन्त्र, गठबन्धनतन्त्र, दिवालिया तन्त्र पो आए छ देशमा त ।
यस्तो किन भयो भनेर विचार गर्दा सबै आआफ्नो पेशा व्यवसायमा तल्लीन बन्दा यस्तो हुँदोरहेछ । शिक्षाविद्ले पढेको नै उटुंया कुरा छ । विषयवस्तुको गहिराइ पढ्ने बेलैमा नजानेको आज कसरी जान्ने ? एउटा तालिमका कुरालाई प्राज्ञिकताको प्रमाणपत्र भिराएपछि हुने त यही नै हो । बल्लबल्ल दासानुदास बनेर शिक्षामन्त्री भएका बेलामा शिक्षाको स्तरीयता र शैक्षणिक पवित्र तथा सहज वातावरण निर्माणतिर को लागिरहोस् बेकारमा भालुको कम्पट कसैले समाउँछ ? अनि त जसोजसो बराजै उसैउसै स्वाहा विचरा अशोक किन बनून् सशोक ।
हिजो पढेका मान्छेले वताहातन्त्रलाई स्वीकार गरेनन् । उनीहरूले विश्वब्रहृमाण्डको रचना बहुल तत्वको मिश्रण या संयोजनबाट भएको देखे । औषध विज्ञानमा पनि एकाधिक रसायनको योगले महौषधि बनेको देखे । शास्त्रमा पनि अनेकौं तर्क, वादविवाद र अनेकताभित्र एकताको ज्योति जग्मगाएको देखे अनि एक राजा, एकव्यवस्था, एक नेता, एक भाषा, एक भेषजस्ता स्वच्छेचारी सबै कुराको घोर विरोध गरे । अनि त लाग्यो राजालाई पनि मेरा या मेरो शासनका विरोधीजति सबै बहुलताका पक्षपोषक र शैक्षणिक संस्थामा जम्मा हुँदारहेछन् । अनि त नेताले भनेको तत्कालीन कर्मचारी र पञ्चप्रशासकले मान्ने नै भए जसको अवशेष आज पनि दलीय सरकारमा रहिरहेकै छ ।
मन्त्रीका पदमा बसेर मान्छे मार्दा पनि शेरबहादुरको बोली नफुट्ने न त प्रचण्डकै न त ओलीको गोलीजस्तो बोली निक्लने ? त्यही रोग होइन यो ? जीवनभरि बहुलताका लागि काम गरेका अशोक राई जातिवादमा डुबेर बिटुलिएका बेला पाएको मन्त्रीपदलाई च्याँखेमा राखेर शिक्षा क्षेत्रलाई सहज, आकर्षक र देशका लागि भविष्यमा चाहिने दिमाग उत्पादन गर्ने हैरानीतिर को लागिरहोस् । कर्मचारीले जेजे ल्याए सोहीसोही ठोके उनले पनि । बोली नै ऐन कानुन भएकासँग लडेर आएका शिक्षकले के टेर्थे आएर मण्डलामा नाच देखाउन थालि त हाले । जसको बिहे उसलाई देख्नै नदिए गरेपछि हुने गाईजात्रा यस्तै न हो ।
प्रजातन्त्र भनेको विधिको सर्वोच्चता र जनता सबैभन्दा माथि हुने व्यवस्था हो तर अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी र सबैभन्दा बढी हरक्षेत्रमा बिचौलिया हावी भएका छन् । यो प्रजातन्त्र होइन यो त दलालतन्त्र, गठबन्धनतन्त्र, दिवालिया तन्त्र पो आए छ देशमा त । हुन पनि हाम्रा पुर्खाले कागतिहार, कुकुरतिहार, यमराज (नर्कचतुर्दशी) तिहार, गाईतिहार, हलीतिहार बनाएर मनाउँदा पनि दलालतन्त्र, गठबन्धनतन्त्र र बिचौलियातन्त्रको चाड बनाएनछन् । लौ जा त भनेर खड्गशमशेर, शेरशमशेर तथा पुष्पशमशेरले बनाइदिए छन् सबै छुटेका जति मिसाएर दिवालियातिहार । नेपालमा अहिले त्यही दिवालिया तिहारको चाड मनाइरहेका छन् सत्तापक्ष र प्रतिपक्ष एकैहारमा बसेर ।
जनता कतिबेला यिनले जुठो टपरी जुठेल्नामा फाल्लान् र जुठा सिता टिपेर पेटको ज्वाला निभाउँला भनेर बसेका छन् । यो दिवालियातन्त्रमा संविधान मुर्छा परेर एउटा किनारामा बस्छ । आलंगारिक पदमा बसेका विशेष सक्रिय बन्न थाल्छन्, लोभी, लालची र परस्त्रीगामी तथा परपतिगामी चाहिँ अति पवित्र र पूज्य ठानिन्छन् । मासको मललाई पवित्र बनाएर पुरुषोत्तम मास बनाउँनुहुन्छ भने तन्त्रमध्य सबैभन्दा गएगुज्रेका तन्त्रहरू बिचौलिया, गठबन्धन र दलालतन्त्र मिलाएर पवित्रतम दिवालियातन्त्र बनाउनु किन नहुने भनेर तीन शमशेर मिलेर संसार मात्रै होइन देवदानवका मनमस्तिष्कले अहिलेसम्म पत्ता लाउन नसकेको पवित्रतम दिवालियातन्त्र नेपालमा चलाएरै देखाइदिए । ‘विदेशी पूज स्वदेशी सताऊ’ र भएको गुट्मुट्याएर समाजवादको मखुण्डो लाऊ यो मूल मन्त्र हो अहिलेका सरकारको ।
हिजोका सभ्य संसार वैकुन्ठ, ब्रहृमलोक, कैलास, स्वर्ग, पाताल, अलकापुरी, पुण्यपुरी, मोक्षभूमि कतै पनि नभएका विश्वविद्यालयको उपकुलपतिलाई खरदार बहिदारले नोकरीका लागि अड्डामा निवेदन दिए झैँ आफ्नो योग्यता खुलाएर दरखास्त दिने प्रचलन ल्याएर दिवालियातन्त्रमा पढेलेखेका स्वतन्त्रता र स्वाभिमानमा रहने भनेर नाक फुलाएर बसेका कुहिगन्दे गिदीवाल ‘पार्’ध्यापकलाई देखाए तिरिमिरी झ्याँइ भष्मासुरले शिवलाई तिरिमिरी झ्याईं देखाउनुहुन्छ भने गठबन्धने सरकारले गर्नुनहुने पनि कतै केही हुन्छ र ? मर्दको के जाति हतियार कि कसो ? बरालिने पोइलाई तालिम दिने स्वास्नीले कसरी ठीक पारेकी थिई आफ्ना भएभरका पोइलाई । अशोक राई र सुदन किराती मिलेपछि देशमा आओ त कुही गन्धे ।
कति बाठा विचरा राईलाई अन्न कुहाएर खान सिकाएर आफूहरू चाहिँ दूध कुहाएर खाँदा’ नि जमाएर खा’को रे । बल्ल मानसिंहको बुद्धि सवार भएको छ । गठबन्धनेका दिमागमा । पृथ्वीनारायण शाहको राज्य पुनर्संचना गरेपछि पुग्ने त द्रव्य शाहकै पालामा त हो नि । त्यहाँ नपुगिकन समृद्ध नेपाल र सुखी नेपाली कसरी निर्माण गर्ने ? दशगजापारिका प्रभुले सोधनी भए के भनेर सत्ता र कुर्सी जोगाउने ? हामी त विशेष हौं भनेरमात्रै हुन्छ कि विशेष गर्नु पनि पर्छ ? भकारो सोहोरेको हात राम्ररी नधोई संसद्मा पुर्याएर पनि देखायौं, काली भैंसी दुहुँदै गरेका गोठालाखेतालालाई राष्ट्रियसभामा पुर्याएर विद्युतीय र विद्युत बिक्रीको विभेदहीन मगज पनि प्रदर्शन गर्यौं । अझै कति गरुँला भनिरहेकै छौं ।
महिला आयोगलाई नेपालको माध्यमिक तहको पाठ्यक्रम महिलामैत्री चाहिए छ । कल्पना गरौं पाठ्यक्रम पनि लिंगमैत्री, वादमैत्री, प्रान्तमैत्री, जातमैत्री, नेतामैत्री बनाएर देशलाई नै गाईजात्राको मैदान बनाउने ? के भनेको यो ? खारेज गर, यस्ता पोतारी थुपार्ने आयोग ।
हाम्रा गुरुले भनेका थिए, ‘यी पश्चिमा बुज्रुकहरूको गफ गरेर जनता अल्मल्याउने थलो संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने बधशाला हो भनेर’ । हामीले गरी पुर्यायौं । अमेरिकाको ताबेदारले हामीसँग गठबन्धन गरेर हामीले दिएको तौली धान खाएर बस्नुपर्यो कि परेन ? यही हो वामगिदीको खेल । अहिले दक्षिणगिदीलाई पक्षाघात भएको छ । वामसँग मिल्ने वामांग चल्ने दक्षिणांग नचल्ने । एक पक्ष आघातीत हुनु नै त हो पक्षाघात । अब देशका विश्वविद्यालयलाई सञ्चालन गर्ने उपकुलपति खर्दार, बहिदार भर्ना गरे झैँ भर्ना गरेपछि अनि देख्छन् बुर्जुवा पश्चिमाका भक्तले ‘देशको अवस्था कस्तो छ भनेर हेर्नु बुझ्नु परो भने त्यो देशको विश्वविद्यालय हेरे पुग्छ’ सैंदुवा हो, लौ हेर, विश्वविद्यालय भागबण्डा र खर्दार बहिदारले खँगारेको ।
राणाको हुक्के सुब्बा जसरी घोडामा चढेका राणाको अपराहृन भ्रमणका बेला हुक्का र नली समातेर घोडाका चालमा टुँडीखेल घुम्थ्यो त्यसैगरी दरखास्त हालेर नियुक्त भएका उपकुलपतिका जत्थालाई हामी पनि बिहानबेलुकै फन्फन्ती घुमाउँछौं । लौ चाख प्रजातन्त्रको स्वाद । कम्युनिष्ट भनेका अवसरका ताकमा बसेका भोका हुँडार हुन् । यिनले नगर्ने र नखाने यस ब्रहृमाण्डमा केही छैन भन्नेसम्म नबुझ्ने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलाललाई देखाउनैपर्छ । उपकुलपति बनेर तर मार्न मुखबाट तरतरी र्याल काडेर यो देशका कांग्रसी पर्’ध्यापक दरखास्त बोकेर आएको हेर रमाइलो । हाम्रा त जन्’ताका छोरा जन्’को जन् । कहिले मालिक भ’का थे र आज होउन् । विचरा १६ जना प्रचण्डका हुक्के सुब्बा हुन खुशीराजीले दर्खास्त हालेछन् ।
महिला आयोगलाई नेपालको माध्यमिक तहको पाठ्यक्रम महिलामैत्री चाहिएछ । कल्पना गरौं पाठ्यक्रम पनि लिंगमैत्री, वादमैत्री, प्रान्तमैत्री, जातमैत्री, नेतामैत्री बनाएर देशलाई नै गाईजात्राको मैदान बनाउने ? के भनेको यो ? खारेज गर, यस्ता पोतारी थुपार्ने आयोग । राष्ट्रिय सम्पत्तिको दुरुपयोग बढाउने र कुमार्गगामी बनाउने भए समाजलाई नै यिनले । कि मानवीय अन्तक्र्षमता उद्घाटित गरेर स्वरोजगारी सिर्जना गर्नसक्ने, शाश्वत्ज्ञानका आलोकमा नवविश्व निर्माण गर्नसक्ला भनेर आस गर्न सकिने गरी पाठ्यक्रम तयार गर्ने ? मधेसी आयोगका अध्यक्ष त अलिकति बुद्धि भएका थिए तर ती पनि सँगका रंगमा रंगमगिए काम नलाग्ने हुन लागेछन् ।
पाठ्यत्रम स्तरीय, विधात्मक प्रतिनिधिमूलक, नवप्रवर्तनात्मक तथा शाश्वत् शास्त्रीय गहिराइतिर मानव समाजलाई मार्ग निर्देश गर्नसक्ने हुनुपर्छ, नयाँ र पुरानालाई उपयोग गरिनुपर्छ विश्वको विगतको ज्ञान र अनुभवका धराबाट नव ज्ञान र प्रविधि सिर्जना गर्न सक्नेगरी तयार गरिनुपर्दछ । यति कुरा भएन भने भोलि त्यो विद्यार्थी उच्च शिक्षाका तहमा पुग्दा कुहिराको काग बन्छ । त्यस्तो शिक्षाले कम्युनिष्ट र कांग्रेस उत्पादन गर्ला, लोग्ने र स्वास्नी उत्पादन गर्ला तर मान्छे उत्पादन गर्न सक्दैन । अहिलेको हाम्रा देशका तीनै दलका दलनायकजस्तै गिदीबोसे ‘काम न काजका तीन किलो अनाजका’ उत्पादन हुन्छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts