काठमाडौं । चौधरी ग्रुपअन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शोरुमहरू विश्वस्तरीयस्तरमा अपग्रेड भई शुभारम्भ भएको छ । आधुनिक तथा प्रवीणतम् डिजाइनमा खोलिएको शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्री एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायतका सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एलजी शोरुम शुभारम्भका अवसरमा कम्पनीले विशेष छुटका साथै फ्री गिफ्ट, शून्य ब्याजदरमा किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टीलगायत सुविधा पनि प्रदान गर्दै आएको छ । साथै दक्ष विशेषज्ञबाट विभिन्न एलजीका सामग्रीको लाइभ डेमो, पर्सनल एक्सपेरियन्स जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts