काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले चैत १५ गतेदेखि २७ गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डको तालिकाअनुसार एसईई चैतको पहिलो हप्तादेखि नै गर्नुपर्ने हुन्छ। तर चैत ११/१२ गते फागुपूर्णिमा पर्ने भएकाले त्यसपछिमात्रै परीक्षा गर्ने निर्णय भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयाे ।
यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts