भारतको उत्तरप्रदेशस्थित अयोध्यामा मर्यादा पुरुषोत्तम रामको निर्माणाधीन मन्दिरको उद्घाटन हुँदैछ । १४ जनवरीमा सूर्य उत्तरायणमा प्रवेश गरेपछि मन्दिरमा रामको मूर्ति प्राण प्रतिष्ठाको कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रम १० दिनसम्म चल्नेछ । त्यही अवधिमा २२ जनवरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मुख्य धार्मिक विधि हुनेछ । त्यसपछि नयाँ मन्दिर सर्वसाधारणका लागिसमेत खुला हुनेछ ।
मुसलमान शासक बाबरले सन् १५२६ मा आफ्ना सेनापति मीर बाँकीलाई राम मन्दिर ध्वस्त गरी त्यसमाथि मस्जिदको निर्माण गरेपछि विगत ५ सय वर्षसम्म यस मन्दिरमा सर्वसाधारणले पूजाअर्चना र दर्शन गर्ने अवस्था थिएन । मुगल शासक र त्यसपछि अंग्रेजको शासनमा पनि यो प्रयोगमा थिएन । २२ जनवरीलाई विश्वभरिकै हिन्दुहरूले एउटा महान् पर्व एवं उत्सवको रूपमा लिएका छन् र धेरैले त्यो दिन व्रत बस्ने, आप्mनो घरमा दियो बाल्ने, पूजा-अर्चना गर्ने भएका छन् ।
भारतमा यसै वर्ष त्यहाँको तल्लो सदन लोकसभाको निर्वाचनसमेत हुने भएका कारण त्यहाँका विपक्षी राजनीतिक दलहरूले यस कार्यक्रमको मितिप्रति आक्रोश व्यक्त गरिरहेका छन् । जबकी राम मन्दिर न्यास समितिका पदाधिकारीहरूले भने मूर्तिको प्राण प्रतिष्ठा समारोह र चुनावको कुनै सम्बन्ध नरहेको तथा ज्योतिषहरूले जुराएको उपयुक्त समय र तिथिमै मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा हुन लागेकाले चुनावसँग यसलाई जोड्न नहुने दाबी गर्दछन् ।
मुगलहरूको शासनमा अनेकौं मन्दिर तोडियो । अंग्रेजहरूको शासनमा यसको पुननिर्माण हुने प्रश्न नै भएन । तर भारत स्वतन्त्र भएपछि सन् १९४९ को २२-२३ डिसेम्बरमा अचानक मध्यरात्रिमा भगवान श्रीराम, माता जानकी, लक्ष्मण र श्री हनुमानको मूर्ति त्यस मन्दिरमा प्रकट भयो ।
राम मन्दिर न्यास समितिका सदस्य र महासन्त रामविलास वेदान्तीका अनुसार हजारौं वर्षअघि राजा विक्रमादित्यलाई स्वप्नमा ईश्वरको दर्शन भएछ । भगवानले उनलाई सरयु नदीमा स्नान गर्न र त्यहाँ भगवान रामको मन्दिर निर्माण गर्न आदेश दिएका थिए । राजा विक्रमादित्य सरयु नदीमा नुहाउने तरखरमा रहेकै बेला एकजना कालो बस्त्र लगाएका र कालै अनुहार भएका व्यक्ति नदीमा स्नान गर्न आएका थिए । स्नानपश्चात नदीबाट निस्केपछि त्यो व्यक्ति श्वेत वर्णमा देखिए र आफूलाई तीर्थराज प्रयाग बताए ।
साथै उनले चाँडै नै त्यहाँ एउटा गाई प्रकट हुने र गाईकै पछिपछि लाग्नु भन्दै गाईले आफ्ना चारवटै थुनबाट दूध बगाइरहेको ठाउँलाई भगवान रामको जन्मस्थल ठानी भव्य मन्दिरको निर्माण गर्नु भन्ने आदेश दिएर अदृश्य भए । राजा विक्रमादित्यले स्नान गरेलगत्तै त्यहाँ एउटा गाई प्रकट भइन् । राजा विक्रमादित्यले गाईको मार्ग अनुशरण गर्दै पछि-पछि लागे । गाईले केही दूरीको हिँडाइपश्चात उभिने बित्तिकै स्वतः नै तिनको चारवटै थुनबाट दूध बग्न थालेपछि राजा विक्रमादित्यले गौमाता र त्यस भूमिको स्पर्श एवं प्रणाम गर्दै त्यस ठाउँमा मन्दिरको निर्माण गर्न लगाए । मन्दिर निकै भव्य, आकर्षक र दिव्य प्रकाशले युक्त थियो । भनिन्छ, सैयौं कोश टाढाबाट त्यस मन्दिरलाई हेर्न सकिन्थ्यो । त्यो नै अयोध्याको राम मन्दिर थियो ।
महासन्त वेदान्तीका अनुसार मुगल शासक बाबर आफ्नो राजधानी दिल्लीमा थिए । रात्रिमा आप्mनो महलको छतमा चन्द्रमालाई हेरिरहेको थिए । अचानक दुर्ईवटा चन्द्रमा उनको नजरमा आएपछि सल्लाहकारलाई बोलाएर सोधेछन् । राजाका सल्लाहकारले अयोध्यामा भगवान रामको मन्दिर शीर्षमा रहेको चन्द्रमणिको प्रकाशका कारण त्यस्तो भएको हुनसक्ने विन्ति गरे । बाबरले आफ्ना सेनापति मिर बाँकीलाई अह्राएर त्यस मन्दिरलाई ध्वस्त पार्न लगाए र त्यहाँ मस्जिदको निर्माण गर्न आदेश दिए ।
भनिन्छ, त्यस मन्दिरमा ८४ वटा ठूल्ठूला पिलर (स्तम्भ)हरू थिए । मुगल शासकहरूले मन्दिरको अवशेषलाई नै समाप्त पार्ने भरसक काम गरे तर जति सुकै प्रयास गरेपनि १४ वटा खम्बा (पिलर)लाई हटाउन सकिएन । त्यस खम्बामा अष्टदलको प्रतीक, स्वस्तिक, कमल, गाई, श्रीगणेश, चार मुख र चारभूजा भएको तस्वीर तथा हनुमानको समेत मूर्ति रहेको कुराको पुष्टि मन्दिरबारे प्रमाण जुटाउन खटिएका भारतका पुरातात्विक विभागका अधिकारी के-के मुहम्मदको प्रतिवेदनमा पनि उल्लेख थियो ।
मुगलहरूको शासनमा अनेकौं मन्दिरहरू तोडियो । अंग्रेजहरूको शासनमा यसको पुननिर्माण हुने प्रश्न नै भएन । तर भारत स्वतन्त्र भएपछि सन् १९४९ को २२-२३ डिसेम्बरमा अचानक मध्यरात्रिमा भगवान श्रीराम, माता जानकी, लक्ष्मण र श्री हनुमानको मूर्ति त्यस मन्दिरमा प्रकट भयो । भारतका कतिपय विपक्षी राजनीतिहरू यसलाई भारतको हिन्दुवादी संगठनको चलाखी बताइरहेका छन् । जबकि सो ढाँचाको रेखदेख गर्ने जिम्मेवारी पाएको तात्कालीन सुरक्षा गार्ड जो कि स्वयं मुसलमान थिए, उनले बताए अनुसार मध्यरात्रिमा अचानक उत्पन्न भएको अनौठो प्रकाशका कारण उनको आँखाले केही पनि हेर्न नसकेको बताए । त्यस घटनापश्चात पनि राम मन्दिरको ढाँचामा ताल्चा लगाइयो र कसैलाई पनि प्रवेश गर्न दिइएन ।
राजीव गान्धी भारतका प्रधानमन्त्री भएका बेला उनले राममन्दिरमा लागेको ताला खुलाउन आदेश दिएका थिए तर त्यस सरकारको भित्री आशय भनेको हिन्दु समुदायको आक्रोशलाई कम पार्नु थियो किनभने भारतकै एक मुसलमान महिला शाहबानोलाई ७५ वर्षको उमेरमा तिनका श्रीमान्ले तलाक दिएपछि उनी क्षतिपूर्तिका लागि सर्वोच्च अदालत पुगेकी थिइन् । अदालतले मुस्लिम महिलाको हकमा कानुन बनाउन र तलाकको कानुनमाथि रोक लगाउने गरी कानुन बनाउन केन्द्र सरकारलाई आदेश दिएको थियो तर सरकारले मुसलमान महिलाको विपक्षमा निर्णय गरेन ।
तीन वर्षअघि भारतको सर्वोच्च न्यायालयले मन्दिर निर्माणको पक्षमा निर्णय सुनाएपछि अदालतकै निर्देशन बमोजिम केन्द्र सरकारले राममन्दिर निर्माणको निम्ति एउटा न्यासको गठन गर्यो । त्यसै न्यासको रेखदेखमा मन्दिरको निमाण कार्य सम्पन्न भएको छ । न्यासले नै प्राण प्रतिष्ठा समारोहमा सहभागी हुनेहरूलाई निमन्त्रण पनि दिएको छ ।
मुसलमानका धार्मिक नेताहरूको दबावमा निर्णय भए । आफ्नो सरकारमाथि मुसलमान पक्षधर भएको आरोप नलागोस भने उद्देश्यले मन्दिरको ताला खुला गरिएको थियो । यद्यपि सन् १९४९ देखि नै हिन्दुहरू मन्दिर परिसरमै पूजा गर्ने गरेका थिए तर मुसलमानहरू नमाज (प्रार्थना) पढ्दैनथे । सन् १९८० मा भारतीय जनता पार्टीले मन्दिरको निर्माणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको थियो । सन् १९९० मा पार्टी अध्यक्ष लालकृष्ण आडवाणीले रथ यात्रा निकाली जनमत जुटाउने काम गरे तर उनलाई बिहारमा पक्राउ गरियो ।
सन् १९९० मा नै हिन्दुकार सेवकहरूले अयोध्यामा बाबरी मस्जिदलाई विध्वंश पारी राम मन्दिर बनाउने मनसायले एकत्रित भएका थिए तर उत्तरप्रदेशका मुख्यमन्त्री मुलायमसिंह यादवले कठोर दमनात्मक रवैया अपनाए । त्यहाँ उपस्थित कारसेवक कोलकाताका कोठारीले प्रहरीको गोली लागि बलिदान दिए । भाइको शव उठाउन तल निहुरिएका उनका दाइलाई पनि गोली हानी शहीद बनाइयो । यसरी दाजुभाइ दुवै शहीद भए ।
सन् १९९२ को ६ डिसेम्बरमा अयोध्या पुगेका कारसेवकहरूले विवादस्पद ढाँचालाई तहसनहस पारेका थिए । आक्रोशित केन्द्र सरकारले (तात्कालीन प्रधानमन्त्री पिभी नरसिंह राव) भारतीय जनता पार्टीका चारवटा प्रादेशिक सरकारहरू उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान र हिमाचल प्रदेश सरकारलाई विघटन गर्ने काम गर्यो । भारतीय जनता पार्टीले राम मन्दिरको निर्माणका लागि तीनवटा विकल्प अघि सारेको थियो । पहिलोमा हिन्दु र मुसलमानहरूले सहमतिमा त्यहा“ मन्दिरको निर्माण गर्ने, दोस्रोमा सर्वोच्च न्यायालयको फैसलालाई दुवै पक्षले सहर्ष स्वीकार गर्ने र त्यो पनि सम्भव नभए केन्द्र सरकारले कानुनको निर्माण गरेर मन्दिर निर्माणका लागि वातावरण बनाइदिने थियो ।
तीन वर्षअघि भारतको सर्वोच्च न्यायालयले मन्दिर निर्माणको पक्षमा निर्णय सुनाएपछि अदालतकै निर्देशन बमोजिम केन्द्र सरकारले राम मन्दिर निर्माणको निम्ति एउटा न्यासको गठन गर्यो । त्यसै न्यासको रेखदेखमा मन्दिरको निमाण कार्य सम्पन्न भएको छ । न्यासले नै प्राण प्रतिष्ठा समारोहमा सहभागी हुनेहरूलाई निमन्त्रण पनि दिएको छ । केही शंकराचार्यहरूले मन्दिरको निर्माण कार्य पूर्णरूपले सम्पन्न नभएका कारण प्राण प्रतिष्ठा तिथिमा परिवर्तन गर्न सुझाव दिएका विषय चर्चामा आएको छ तर राम नवमीका बखत चुनाव आचारसंहिता लागू भएको हुनसक्ने भएकाले यस समयलाई नै उपयुक्त मानिएको छ ।
भारतको सर्वोच्च अदालतले पनि शंकराचार्यको भूमिकाबारे कुनै टिप्पणी गरेको छैन, उसले केन्द्र सरकारलाई मात्रै निर्देशन दिएको छ । मन्दिरको निर्माणमा फलामको प्रयोग भएको छैन । प्राचीन नागरशैलीमा मन्दिरको निर्माण भएको छ । मन्दिर उद्घाटनको उत्साह चारैतिर छ । नेपालका कतिपय नगरपालिकाले पनि २२ जनवरीमा दीपावली बनाउने, माछामासु, रक्सीलगायत मांसाहारी भोजनमाथि रोक लगाउने र घरघरमा पूजा गर्ने निर्णय गरेका छन् । राम मन्दिर उद्घाटनको उत्साह विश्वभरिकै धर्मपरायण हिन्दुहरूमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा