लिभ-इन रिलेसनसिपमा बस्ने सोचमा हुनुहुन्छ ? यी कुराहरूलाई ध्यान दिनुहोस् 

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । यदि तपाई कसैलाई धेरै माया गर्नुहुन्छ र उनीहरूसँग लिभ-इन रिलेसनसिपमा बस्ने सोचमा हुनुहुन्छ ? तर यस्तो सम्बन्धमा बस्नुअघि धेरै कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ ।

आजकल, प्रेम सम्बन्धमा एक अर्कालाई चिन्न र बुझ्नका लागि जोडीहरूमा लिभ इनको चलन धेरै नै लोकप्रिय छ।

लिभ-इनमा बसेपछि सम्बन्धमा कुनै दुरी नआओस् भन्ने चाहनुहुन्छ भने यसका लागि आमनेसामने बसेर केही विषयमा छलफल गर्नुपर्छ ।

आर्थिक कुराहरू

सुरुमा, तपाईँको पार्टनरले तपाईँलाई आर्थिक रूपमा सहयोग गर्ने पूर्ण विश्वास व्यक्त गर्न सक्छ । तर जब तपाईँ सँगै बस्नुहुन्छ र खर्चको जिम्मेवारी एक व्यक्तिको काँधमा आउँछ, तब समस्या आउन सक्छ । पैसाको विषयमा खुलेर कुरा नगर्दा सम्बन्ध टुट्न सक्छ । लिभ इन रिलेसनसिपमा बस्नुअघि के–के कुरा र कसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्नु राम्रो हुन्छ ।

ADVERTISEMENT

पर्सनल स्पेस

धेरै पटक लिभ-इन सम्बन्धमा पर्सनल स्पेस नपाएको गुनासो आउँछ । एक स्वस्थ र उत्पादनशील दिमागको लागि केहि समय एक्लै बिताउनु धेरै महत्त्वपूर्ण छ । सम्बन्धमा आएपछि आफ्नो इच्छा अनुसारको काम गर्न नसक्दा भ्रम पैदा हुन्छ र सम्बन्धलाई बोझ जस्तो लाग्न थाल्छ । यस्तो अवस्थाबाट बच्न छलफल आवश्यक छ ।

काममा सहयोग

बदलिँदो समयसँगै धेरै कुरामा परिवर्तन देखिन थालेको छ । पहिले घरको काम महिलाको जिम्मेवारी थियो र बाहिरको काम पुरुषको जिम्मेवारी थियो । अहिले पुरुषले पनि घरायसी काममा सहयोग गर्न थालेका छन्, त्यसैले सिधै सोध्नुहोस् कि तपाईँलाई आफ्नो पार्टनरबाट यस्तो सहयोग मिल्छ कि मिल्दैन । नत्र यसले सम्बन्धमा कटुता ल्याउने काम पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज