मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।

शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजनामा दीप प्रज्वलन गरी शहीदहरुको स्मरण गरिएको हो । काठमाडौंका शान्तिबाटिकमा शुक्रवार साँझ उनीहरुको तस्बिरमा माला अर्पण तथा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी,  नेपालकी सांसद  रञ्जुकुमारी झाले १७ औं बलिदानी दिवसमा सहभागी भइ २०६३ माघ १ गते मधेस आन्दोलन शुरु भएको र ५ गते मधेस आन्दोलनको प्रथम शहीद रमेश महतो लगायतकाे बलिदानी भएकाे भन्दै शहीदहरुप्रति सम्मान व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘१७ औं बलिदानी दिवसमा सहभागी भएका छाैँ । २०६३ माघ १ गते मधेस आन्दोलन शुरु भएको थियो । ५ गते रमेश महतो शाहदत प्राप्त भएको थियो । त्यहाँदेखि हाम्रो आन्दोलन झनै चर्कियो । यो आन्दोलन देशभर चर्किएपछि त्यसको परिणाम स्वरुप २०७२ को संविधान ल्यायो । महिला, मधेसी, जनजाति सबैको अधिकार अहिले सुनिश्चित भएको छ । त्यसको ठूलो श्रेय मधेस आन्दोलन हो । उहाँहरुको स्मरणमा दीप प्रज्वलन गरेका हौँ ।’

ADVERTISEMENT

सांसद झाले मधेस आन्दोलनकै कारण महिला, मधेसी, जनजातिको अधिकार सुनिश्चित भएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज