काठमाडौं – भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । भने छ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकले समेत ज्यान गुमाएका हुन् । डुङ्गामा २७ जना सवार रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गगरेका छन् । उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता