बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पहिरोले घर पुरियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जिल्लाको काठेखोला गाउँपालिका-४ तग्राम फापरखेत बस्ने गजेन्द्र पुनको श्रीमती २८ वर्षीया सुस्मा पुन रशनुभएको छ ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाइते भई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याईएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिाुभयो ।

ADVERTISEMENT

यस्तै अबिरल वर्षाका कारण आएको पहिरोले रातीनै बागलुङको गलकोट नगरपालिका-११ रिघास्थित दिपदोल बस्ने ८३ बर्षीय कृष्णबहादुर कामीको घर पुरिएको छ ।

ढुंगा माटोले बनेको तीन तले कच्ची घरमा ६० मिटर माथिबाट झरेको पहिरोले पुरिएको प्रहरीले जनाएको छ । घर पुरिँदा अन्नपात, लत्ताकपडालगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *