काठमाडौंमा नक्कली मदिरा बेचबिखनमा संलग्न नौ जना पक्राउ, नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताउनु भयो ।

ADVERTISEMENT

पक्राउ पर्नेहरुमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् । त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । डिएसपी घिमिरेले नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरु उत्पादन गरी कालोबजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो यस कार्यालयको विशेष टोली यो दश महिना २ गते काठमाडौंको मनोहरा नपा वडा नम्बर नम्बर ५ थलीस्थित भरत थापाको दुई तले पक्की घरमा विनोदकुमार कार्कीले भाडामा लिई बसेको कोठामा हामीले त्यहाँ नक्कली मदिराहरु बनाउने इन्फरमेशन पायौं । र, त्यो अनुसार त्यहा गएर हेर्दाखेरी खुकुरी रम, गोल्डेन वेक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोत्तलहरु, आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकरहरु, लेबलिङ गर्ने सामानहरु, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरु बरामद गरेर यो नौ जना मानिसहरु समेतलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका छौं । यहाँ पक्राउ पर्ने व्यक्तिहरुमा मनोज खत्री । उहाँ चाहीँ अहिलेसम्म यो तेस्रो पटक हो । पहिलो पटक पक्राउ परेर ५० हजार धरौटीमा छुट्नुभएको, दोस्रो पटक फरार हुनुभएको थियो । र अहिले तेस्रो पटक हुनुभएको छ । त्यस्तै विनोदकुमार कार्की वर्षको ३६ को उहाँ पनि तेस्रो पटक हो । दुई चोटीसम्म पक्राउ नपरेको र अहिले उहाँ पक्राउ पर्नुभएको छ । त्यस्तै मोहन खड्का हुनुहुन्छ । गौरव तामाङ भन्ने उहाँ अहिले दोस्रो पटक हो । उहाँहरु नौं जना हुनुहुन्छ । त्यस्तै नक्कली मदिरा बनाउन प्रयोग गरिने सामग्रीहरुमा हामीले के पायौ भने चिनी, पानी, मिश्री तरल पदार्थ । चिनी र पानी मिसाउने अनि कालो हुनेगरी त्यसलाई पकाउनु हुँदो रहेछ । त्यो पाक्दाखेरी जुन त्यो रमको कलर आउँछ । त्यो कलर निकाल्नका लागि एकदम पकाउने र डढाउने गर्नु हुँदो रहेछ । त्यसलाई पक्राउ प्रयोग गर्ने देक्ची, डाडुहरु, सगुन ब्राण्डको मदिरा, बोत्तल सिल गर्न प्रयोग गरिने प्लाष्टिकको रोल, त्यस्तै हियर ड्रायर मेसिन, मदिराका खाली बोत्तलहरु र आन्तरिक राजश्व विभागका अन्तःशुल्क स्टिकरहरु हामीले बरामद गरेका छौं । र भारी मात्रामा मदिराका बिर्कोहरु पनि त्यहाँबाट हामीले बरामद गरेका छौं । र यो गुणस्तरहिन नक्कली मदिराहरु प्रचलित बजारको दरभाउ भन्दा कम मूल्यमा बिक्री गर्ने । र यो अरुभन पनि मान्छेको हेल्थलाई पनि असर गर्ने खालको कुराहरु पनि पाइएको छ । त्यो ठाउँबाट हामीले बरामद गरेको खुकुरी रम २८८ बोत्तल, फाईटर नौं सय बोत्तल पनि बरामद गरिएको छ ।’

प्रहरीको उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?