मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ

निर्पेन्द्रबहादुर मल्ल

सांकेतिक तस्बिर

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी सहित पाँच जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका–५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन ।

उनीहरूलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी भूपेन्द्रकुमार बुढाथोकीले जानकारी गराउनु भयो ।

पक्राउ पर्नेमा अन्य ३ जना बाल्य उमेरका भएकाले उनीहरूको नाम,ठेगाना,वतन प्रहरीले खुलाएको छैन ।कृषि विकास कार्यालय गमगढी कै सवारी चालक जुम्ला जिल्ला चन्दननाथ नगरपालिका–७ का ३० वर्षीय पदम बहादुर कठायत सहित तीन जना फरार छन ।

ADVERTISEMENT

बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो ।

चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि बालिकालाई प्रलोभनमा पारी यौन शोषण हुँदा गर्भ रहन गएको घटना बाहिरिएको हो । सोधपुछको क्रममा बालिकाले आफू माथि पटकपटक यौन शोषण भएको प्रहरी समक्ष बताएकी थिइन् ।

गत असोज १० गते बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका र त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई यौन शोषण गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

बालिकाको बयान र जाहेरीका आधारमा ५ जनालाई पक्राउ गरिएको बुढाथोकीले जानकारी दिनुभयो । फरार भएकाहरूलाई पनि प्रहरीले खोजीरहेको र पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *