काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्रिविले शनिबारको निर्णयअनुसार उपकुलपति नियुक्ति प्रक्रिया रद्ध गरेको जानकारी दिएको हो ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सूचना जारी गरेको थियो । उक्त सुचनामा योग्यतासम्बन्धी मापदण्ड विवादित बनेको थियो । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो।
जारी सुचनामा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले असहमति व्यक्त गरेका थिए। प्रधानमन्त्री प्रचण्डले सूचना प्रकाशित भएलगत्तै रद्ध गर्न निर्देशन दिएका थिए ।
अब अर्को सूचना जारी भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरू हुनेछ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts