यौन जोडीका लागि जाडो दिव्य मौसम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने बताइन्छ ।

भनिन्छ, कि रुई कि फुई कि दुई । जाडोबाट बच्ने राम्रो उपाय न्यानो बाक्लो कपडा लगाउने अथवा आगो ताप्ने, अथवा दुई व्यक्ति (जोडी) सँगै सुत्ने। यौन सम्पर्कलाई पनि जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क जाडो मौसममा यौन जोडीबीच यौन क्रिडा, यौन सम्पर्कजस्ता क्रियाकलाप गर्नाले शरीर तात्ने भएकाले जाडोबाट बच्न सकिन्छ।

जाडौ मौसममा यौन सम्पर्क गर्दा यौन जोडीका लागि विशेषगरी तीन फाइदा हुन्छन्। पहिलो कुरा त ‘यौन सम्पर्कका लागि जाडो मौसम स्वस्थकर मौसम हो,’ भन्ने कुरा प्रमाणित भैसकेको छ।

यौन जोडीबीच यौन सम्पर्कको समयमा कामोत्तेजना हुने भएकाले व्यक्तिको शरीरको प्रतिरक्षाप्रणाली बढ्छ। यो मौसममा महिलाको प्रजनन् क्षमतासमेत मजबुत हुन्छ। यो दृष्टिले हेर्दा पनि जाडो मौसम यौन सम्पर्कका लागि उपयुक्त मौसम हो भन्न सकिन्छ।

जाडो मौसममा विशेषगरी महिला प्रजनन्शील हुने भएकाले महिलामा रजश्वलाको एैठनका साथै आक्रान्त हुने समस्या कम हुन्छ। त्यसैले यो मौसममा यौनजोडीबीच यौन उन्माद हुनु स्वाभाविकै हो। रजश्वलाको समयमा बेचैनी तथा अशान्तपनलाई शान्त गर्न यौन जोडीको अभावमा हस्तमैथुन गर्न सकिन्छ। यौन जोडी वा आफैँ हस्त मैथुन गर्न सकिन्छ। हस्तमैथुन यौनानन्द लिने स्वाभाविक पक्रिया हो। यो विर्य स्खलनको उपयुक्त मौसमसमेत हो। गर्मी मौसममा जाडो मौसमको तुलनामा पुरुषको शुक्रकिटको संख्या केही बढी र चलायमान हुन्छन्।

जाडो मौसममा काखमा बस्नु, अँगालोमा रमाउनुजस्तो स्वर्गीय आनन्द के हुन सक्छ र १ यौन जोडीले यस्तो अवसर पाएको अवस्थामा अवस्य स्वर्गीय आनन्द लिन सकिन्छ। संसारभर नै यौन क्रियाकलाप तथा अभद्रता प्रायः जाडो मौसममै बढी भएको पाइन्छ।

यौन सम्पर्क हुनुपूर्व मात्रै हैन। यौन सम्पर्कपछि यौन जोडीबीच अँगालोमा बस्नु विशेषगरी जाडो मौसममा आनन्दमयी हुन्छ। शरीर न्यानो र मनतातो वातारण आवश्यक हुन्छ। जाडो मौसममा अंकमाल गर्दा शरीर त न्यानो हुन्छ नै यौन जोडीबीचको आत्मियतामा अझ प्रगाढता आउँछ।

जाडो मौसममा पिकनिक तथा घुमघाम गर्न जानुको उद्देश्य पनि जाडो मौसममा यौन जोडीका लागि उपयुक्त मौसम हो। जाडोमा घुमघाम गर्नुको विभिन्न आनन्ददायी कारणमध्ये यौन पनि एक हो।

जाडो मौसममा शैक्षिक संस्थामा केही दिन छुट्टीसमेत दिइन्छ। अधिकांश व्यक्तिले छुट्टीको मौसमलाई आनन्द, प्रशन्नता, इच्छा, हर्षका साथै इन्द्रिय शुखकारुपमा लिइन्छ। त्यसैले यो मौसमलाई विपरीत यौन जोडीलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्ने उचित मौसमसमेत हो। त्यसैले यो मौसम यौन जोडीका लागि दिव्य मौसम हो।

ADVERTISEMENT

जाडो मौसममा बढी यौन सम्पर्क गर्नुका कारण

गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्।

जाडोमा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

जाडो मौसममा पुरुषको टेस्टोस्टेरोन हार्मोनको तह तथा मात्रा र शुक्रकिटको संख्या (गणना) मा वृद्धि हुन्छ। तर वीर्यको मात्रा भने बढ्दैन। जाडो मौसममा पुरुषको शुक्रकिटको घनत्व बढी हुनाले यौन क्रियाकलाप गर्मीको तुलनामा बढी हुनु स्वाभाविकै हो।

शुक्रकिट चलायमान तथा प्रजननशील हुने भएकाले पुरुषमा यौन चाहना, इच्छा, आकांक्षा हुनुका साथै यौन जोडीबीच यौन उत्तेजना हुन्छ। जसले दुवै यौन जोडीलाई यौन सम्पर्कमा सरिक हुन प्रेरित गर्छ। जाडो मौसममा गुणात्मकरुपमा शुक्रकिटको वृद्धि हुन्छ।

जाडो मौसममा शरीर चिसो हुने मात्रै नभई हिँडडुल कम हुने भएकाले सामाजिकरुपमा सक्रियता कम हुन सक्छ। यस्तो अवस्थामा यौन जोडीबीचको आनन्दमयी यौन क्रियाकलापमा यौन जोडी सरिक हुनु स्वाभाविकै हो।

जाडो मौसममा सिरकभित्र यौन जोडीबीच हुने यौन क्रियाकलापले जाडो भगाउन सहयोग गर्छ। यौन जोडीबीचको मिठो चुम्बन तथा यौन सम्पर्कका कारण यौन जोडीबीचको आत्मियता झन् प्रगाढ बन्न पुग्छ। त्यसैले जाडो मौसम यौन जोडीबीचकोे सम्बन्ध सुमधुर बनाउने अवसरसमेत हो।

-पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?