राष्ट्रसंघद्वारा अफगानिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग

Read Time = 3 mins

काबुल । संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट अफगानिस्तानलाई एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो ।

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप-महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

‘भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन् । अन्य थुप्रै घाइते भएका छन् । घरहरू भत्किएका छन् । ग्रिफिथले एक ट्वीटमा लेख्नुभएको छ, ‘भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद् घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।’

ADVERTISEMENT

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो । गत बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाह र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्ला बर्माल, गियान र स्पेरामा करिब एक हजार पाँच सय गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजारभन्दा बढी घरहरू भत्किएका छन् ।

भारतले पनि तालिवान अधिकारीको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो । रासस÷एएनआई । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?