सहकारीका समस्या समाधान गर्न सहकारीमा शुद्धीकरण गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीहरुलाई शुद्धीकरण गरेर जाने प्रतिवद्धता आफूले पहिलो बैठकमा नै गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिवद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने बताउनु भयो ।

उहाँले सहकारीको शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गर्नुभयो । उहाँले सहकारीको क्षेत्रभित्र सम्भावनाहरु धेरै रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले सहकारी भित्र आएका समस्याहरु व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गर्नुभयो । उहाँले केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक रुपमा सहकारी अभियान अगाडि बढाउने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले वचत तथा ऋण सहकारी भित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बर भित्र शुद्धीकरण गरी वचत तथा ऋण सहकारी संस्थाहरुले नै सुशासनको प्रत्याभुति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताउनु भयो । उहाँले अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने अवस्था रहेको भन्दै सहकारीहरु सुधार हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले भूकम्प, युक्रेन-रसियाको युद्ध,कोभिड महामारी सबैभन्दा ठूलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताउनु भयो ।

  • न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?