कति छ आज तरकारी र फलफूलको मूल्य ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३५ रुपैया, रातो भारतिय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यसैगरी, बिहिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ ।

ADVERTISEMENT

यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिबक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *