सिन्धुलीका विद्यार्थीले प्रधानमन्त्रीलाई लेखेको पत्र नेविसघंले प्रजिअलाई बुझायो

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । त्रिभुवन विश्वविद्यालयको उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्न माग गर्दै सिन्धुलीका विद्यार्थीले प्रधानमन्त्रीलाई लेखेको पत्र नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, सिन्धुलीले संकलन गरेर प्रमुख जिल्ला अधिकारी भरत खनाललाई बुझाएको छ ।

जिल्लामा सञ्चालित छ वटा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै मंगलबार दुई सय जना विद्यार्थीले लेखेको पत्र संकलन गरेर नेविसंघका नेता कृष्ण लामिछाने नेतृत्वको समुहले बुधबार संयुक्त रुपमा बुझाएका हुन् ।

कांग्रेस सिन्धुलीका उपसभापति जगतबहादुर भोलन, सहसचिव विष्णु कार्की (विग्रह), कांग्रेस महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेलगायतको उपस्थितिमा विद्यार्थीले लेखेको पत्र त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुर्याइदिन अनुरोध गर्दै प्रजिअ खनाललाई बुझाईएको हो ।

उक्त पत्रमा खुल्ला प्रतिस्पर्धाबाट योग्यलाई त्रिवि उपकुलपतिमा नियुक्ती गर्न माग गरिएको छ । पछिल्लो समय देशको राजनीतिक अस्थिरता, दलिय भागबन्डा र बेतिथिको कारण विश्वविद्यालयको समग्र भर्ना प्रक्रिया, परीक्षा लिने समय, नतिजा प्रकाशन तथा विद्यार्थीलाई प्रमाण-पत्र वितरणमा भएको ढिलासुस्तीका कारण आम विद्यार्थीले सास्ती भोग्नु परेको तितो यथार्थ चित्रण गर्दै समस्या न्युनिकरणका लागि विद्यार्थीले विभिन्न सुझावसमेत पेश गरेका छन् ।

पत्रमा लेखेका छन्, ‘खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तीका लागि चयनका न्यूनतम आधार तोकौँ, विश्वविद्यालयका पदाधिकारीहरु खुल्ला प्रतिस्पर्धाबाट अब्बललाई नियुक्ती गरौँ ।’

ADVERTISEMENT

दलिय भागबन्डाका आधारमा उपकुलपति नियुक्त नगर्न तथा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्न नेविसंघले ‘पत्र अभियान’ देशभर सञ्चालन गरिरहेको र सोही अनुरुप विद्यार्थीले लेखेको पत्र संकलन गरि संयुक्त रुपमा प्रजिअलाई बुझाईएको नेविसंघका नेता कृष्ण लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो शैक्षिक प्रतिगमनका विरुद्ध अग्रगमन आन्दोलनको झिल्को हो ।’

विश्वविद्यालयलाई दलियकरण र राजनीतिक भागबन्डाबाट मुक्त गर्ने आग्रहमा जिल्लाका विभिन्न व्यक्तित्वहरुले समेत ऐक्यवद्धता जनाएका छन् । नेविसंघका नेता तथा विद्यार्थीले संयुक्त रुपमा दिएको पत्र बुझ्दै प्रजिअ भरत खनालले सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘देश विकासको सबैभन्दा ठूलो मेरुदण्ड शिक्षा नै हो । तपाईहरुको अभियानले पक्कै पनि शिक्षा क्षेत्रमा केही सुधार हुने छ । निकासको बाटो लिनेछ भन्ने मेरो बुझाई छ,’ उहाँले भन्नुभयो ।

नेपालको समग्र उच्च शिक्षा सुधार तथा गुणस्तरीय शिक्षाको लागि नेविसंघले उठाएको मागको सम्बन्धमा अहिले राष्ट्रिय रुपमै बहसको विषय बनेकोसमेत उहाँले उल्लेख गर्नु गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?