मेयर बालेनद्वारा सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित तीन जना कर्मचारीलाई निलम्बन गर्नुभएको छ ।

प्रमुख शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफुखुसी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

ADVERTISEMENT

नगर सभाले पाँच जना कार्मचारीको करार अवधि थप गर्ने निर्णय गरेकोमा वरिष्ठ शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन उक्त निर्णय दुई पटक फेरबदल गरेर छोरीको नाम समेत घुसाएको आरोप छ ।

नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो ।

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *