दलित समुदायमाथिको उत्पीडनमा कमी आएको छैन : अध्यक्ष चदारा

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । दलित मुक्ति मोर्चा कर्णाली प्रदेशका अध्यक्ष दिनेश चदाराले मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरू भएपनि दलित समुदायमाथिको उत्पीडनमा कमी आउन नसकेको बताउनुभएको छ । सोमबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित नव प्रर्वद्धानात्मक प्रथम जिल्ला दलित सम्मेलनमा अध्यक्ष चदाराले यस्तो बताउनुभएको हो ।

“सामाजिक सांस्कृतिक तथा भाषिक विकासमा दलितहरुको सान, मानव मर्यादा, अस्थित्व रक्षा र आत्म सम्मानका लागि प्रथम जिल्ला दलित सम्मेलन” भन्ने मूल नाराका साथ सुरु भएको जिल्ला सम्मेलनमा बोल्दै चदाराले छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि ऐन कानुनहरू बनेपनि कार्यान्वयन पक्ष कमजोर भएकाले अझै दलित समुदायमाथि थिचोमिचो र भेदभाव भइरहेकाले ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

प्रदेश, राष्ट्र स्तरीय नेटवर्क बनाएर आन्दोलनमा जुट्नुपर्ने उहाँको भनाइ थियो । संघीय, प्रदेश र स्थानीय सरकारबाट दलित समुदायका लागि ल्याएका ऐन कानुनको गम्भीर समिक्षा गर्न आवश्यक रहेको समेत औल्याउनुभयो ।

ADVERTISEMENT

चदाराले ‘नेपाल छुवाछुत मुक्त भएको एक दशक भन्दा बढी समय भइसक्यो तर अझै समाजमा छुवाछुत, भेदभाव कायम छ’, चदाराले भन्नुभयो ,‘जातिपाती भेदभाव, छुवाछुत सामाजिक कलंक हो, यसलाई सबै मिलेर हटाउनुपर्छ ।’

एक अर्कालाई दोषारोपण गर्न छाडेर सबैले आफ्नो पुरानो सोच र विचारमा परिवर्तन गरेर भेदभाव जस्तो सामाजिक कलङ्कलाई हटाउनुपर्ने उहाँको भनाइ थियो । पाएको अधिकारलाई संरक्षण गर्दै थप अधिकारका लागि कर्तव्यसँगै संघर्ष गर्नुपर्ने चदाराले अधिकारकर्मीहरूलाई जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *