आईजीपी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेसी १९ असारमा

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वोच्चमा दायर रिटमाथि सोमबार सरकारी पक्षको बहस सकिएको छ ।

आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा सोमबार सरकारी पक्षको बहस सकिएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा यो रिटमाथि सुनुवाइ भएको थियो । सो रिटमाथिको अर्को सुनुवाइ यही असार १९ मा हुनेछ । सोमबार सरकार पक्षबाट सरकारी वकिलले बहस सके पनि निजी कानुन व्यवसायीहरुको बहस बाँकी रहेको छ ।

ADVERTISEMENT

यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो । त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी आजका लागि तोकिएको थियो ।

आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै विश्वराज पोखरेलले रिट दर्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज