मकवानपुर । फाखेल-फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।
“आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल-फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ”, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले रासससँग भन्नुभयो । वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ । रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts