काठमाडौं । सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा शून्य ब्याजदरमा एलजी, सिजी र बेको ब्राण्डका घरेलु उपकरण टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मूल्यमा खरिद गर्न पाइने भएको छ ।
१२ महिने शून्य ब्याजदर किस्ताबन्दीका लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने बताइएको छ ।
झन्झटमुक्त शून्य ब्याजदर किस्ताबन्दी सुविधाले न्यूनतम् अग्रिम लागतमा उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले एलजी, सिजी र बेको ब्राण्डका घरेलु उपकरण जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर विशेष छुटमा खरिद गर्न सक्ने बताइएको छ ।
सिजी डिजिटल र जगदम्बा क्रेडिटबीचको सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत र इलेक्ट्रोनिक्स बजारमा यो एउटा महत्वपूर्ण कोशेढुंगा साबित हुनेमा दुवै कम्पनी विश्वस्त रहेका छन् ।






