सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नु पर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता

File Photo

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ।

ADVERTISEMENT

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको थियो ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज