नेपालमा पत्रकारिताको इतिहास त्यति लामो छैन भन्दाभन्दै पनि अब भने यो अवधि डेढ सय वर्षको भइसकेको छ । यसबीच यस क्षेत्रमा विभिन्न उतार र चढाव आएका छन् । राणा शासन कालमा नेपाल बाहिरबाट नेपालीमा केही पत्रपत्रिकाहरू प्रकाशित भएका थिए । नेपालबाट गोरखापत्रको प्रकाशन विसं १९५७ सालदेखि हुन थालेको थियो । राणा प्रधानमन्त्री देवशमशेरले आफ्नो तीन महिने कार्यकालमा उपत्यकाभित्र र बाहिरसमेत गरी १५० वटा विद्यालय पनि खोलेका थिए तर उनलाई अपदस्त गर्नासाथ उनका भाइ चन्द्रशमशेरले ती विद्यालहरू बन्द गराए तर गोरखापत्र चाहिँ बन्द गरेनन् ।
त्यसैले यसको इतिहास अहिले सवा सय वर्षको हुन पुगेको छ । आफ्ना ज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई गोरखापत्रको व्यवस्थापक तथा सम्पादकको जिम्मेवारी चन्द्रशमशेरले दिएका थिए तर प्रजातान्त्रिक दृष्टिकोण राख्ने सिंहले सोही अनुसारको आफ्नो धारणा उक्त पत्रिकामा पनि राख्ने गरेका कारण उनलाई हटाउने तयारी भएको थाहा पाउनासाथ उनी आफैँले छोडेर हिँडे । राणा शासन कालको गोरखापत्रपछि सम्झिनयोग्य पत्रिका विसं १९९२ सालदेखि ऋद्धिबहादुर मल्लको सम्पादनमा प्रकाशित हुन थालेको ‘शारदा’ साहित्यिक मासिक पत्रिका हो । नेपाली साहित्यको कोसेढुंगाका रूपमा यो पत्रिका स्थापित हुनसक्यो । यस पत्रिकाले नेपाली साहित्यिका बेजोड प्रतिभाहरू जन्माउने काम गर्यो भने यही पत्रिकाको प्रकाशनयता नेपाली साहित्यको आधुनिक कालको सुरुवात भएको थियो ।
राष्ट्रमा निरंकुश प्रणाली छँदा र प्रजातान्त्रिक प्रणाली भएको बेला पत्रकारिताको ध्येय एउटै हुँदैन रहेछ । निरंकुशतामा उक्त निरंकुशता फालेर प्रजातन्त्रको स्थापनाको अभिष्ट रहन्छ भने प्रजातन्त्रमा विद्यमान प्रजातन्त्रको संरक्षण र संबद्र्धनमा पत्रकारिता पनि तल्लीन हुनुपर्छ । प्रजातन्त्रको संबद्र्धन गर्नु भनेको राज्य व्यवस्थाको पक्षमा अभियान चलाउनु हो ।
२००७ सालको प्रजातन्त्र र पञ्चायत कालमा पनि अनगिन्ति पत्रिकाहरू प्रकाशित भए र हाल पनि अधिक संख्यामा पत्रपत्रिकाहरू प्रकाशित हुँदै आइरहेका छन् । प्रजातन्त्रमा र कुनै निरंकुश व्यवस्था विद्यमान भएका बेला प्रकाशित हुने पत्रिकाको उद्देश्य भने एकै हुनेरहेनछ भन्ने देखिएको छ । पञ्चायतमा पत्रकारिता ‘अभियान पत्रकारिता’का रूपमा रहेको थियो । अधिकांश पत्रिपत्रिकाहरू पञ्चायती प्रणालीको विरुद्धमा थिए । अर्थात् तिनको अभियान पञ्चायती व्यवस्था समाप्त पारेर प्रजातान्त्रिक प्रणाली स्थापना गर्नुथियो । पञ्चायतको पक्षपोषण पाएका पत्रपत्रिकाहरू चाहिँ जसरी भए पनि पञ्चायती व्यवस्थाको बचाउमा लागेका हुन्थे । अन्ततः अभियान पत्रकारिता गर्नेहरूकै जित भयो । पञ्चायत ढल्यो र प्रजातन्त्र आयो ।
प्रजातन्त्रमा पत्रकारिताको भूमिका फरक देखिन पुग्यो । अब ‘अभियान पत्रकारिता’को आवश्यकता देखिएन । ठूलठूला प्रकाशन गृहहरू स्थापना हुन थाले, यस क्षेत्रमा ठूलो लगानी हुनथाल्यो । पत्रकापिरताका बिग हाउसहरू स्थापना भएसँगै श्रमजीवी पत्रकारिता सुरु भयो । प्रकाशनका साथसाथै प्रसारण (दृश्य र श्रव्य दुवै)को लहर आयो । टेलिभिजन तथा एफएमहरूको संख्या अकल्पनीय रूपमा वृद्धि भयो । अहिले सामाजिक सञ्जालको विकास भएसँगै पत्रकारिता क्षेत्रको स्वरूपसमेत फेरिएको छ । हाते प्रेसबाट सुरु भएको पत्रिकारिता अपसेट प्रेसमा विकास भएको पनि तीन दशकभन्दा बढी भइसकेको छ ।
नेपालमा पत्रकारिताको विकास यस प्रकारले हुन्छ भन्ने कल्पना धेरैले गरेका थिएनन् । एक अर्थमा यसलाई चामत्कारिक विकास भन्नैपर्छ । तर, के कुरा निश्चत हो भने राष्ट्रमा निरंकुश प्रणाली छँदा र प्रजातान्त्रिक प्रणाली भएको बेला पत्रकारिताको ध्येय एउटै हुँदैन रहेछ । निरंकुशतामा उक्त निरंकुशता फालेर प्रजातन्त्रको स्थापनाको अभिष्ट रहन्छ भने प्रजातन्त्रमा विद्यमान प्रजातन्त्रको संरक्षण र संबद्र्धनमा पत्रकारिता पनि तल्लीन हुनुपर्छ । प्रजातन्त्रको संबद्र्धन गर्नु भनेको राज्य व्यवस्थाको पक्षमा अभियान चलाउनु हो ।
प्रजातन्त्रमा पत्रकारिता र पत्रकारहरूको जिम्मेवारी पहिलेको भन्दा बढेको छ । तर, पत्रकारिताका उपकरणहरू हातमा लिएर हिँडेका सबै व्यक्तिलाई पत्रकारको परिभाषाभित्र समेट्ने हो भने यो क्षेत्र अहिले जति बद्नाम छ त्यसभन्दा अझै बद्नाम हुनपुग्छ ।
राज्यव्यवस्थामा पदासीन हुनेहरूलाई बाचइराख्न, जोगाइराख्न र उनीहरूको पक्षाषण गरिरहनका लागि होइन । यी दुईमा ठूलो पार्थक्य छ ।
प्रणाली बचाउन सकियो भने अहिले पदमा खराब नेताहरू भए पनि त्यस ठाउँमा भोलि राम्रा नेताहरू आउँन सक्छन् तर प्रणाली नै रहेन भने त्यस ठाउँमा निश्चय पनि खराब नेता वा निरंशुश नेता नै आउने हुन् । त्यस कारण प्रजातन्त्रमा पत्रकारिता र पत्रकारहरूको जिम्मेवारी घटेको होइन अझै बढेर जान्छ । विश्वका ठूलाठूला प्रजातान्त्रिक मुलुकहरूमा पनि पत्रकारहरूले नै राजनीति र नेतृत्वलाई सजग गरउने काम गरिरहेको हुन्छ । अमेरिकाको चर्चित ‘वाटरगेट’ काण्डलाई बाहिर ल्याउने र नेतृत्वको बद्मासीलाई छताछुल्ल पर्ने काम पत्रकारले नै गरका थिए ।
नेपालमा पनि यस्ता प्रकरणलाई बेलाबेलामा बाहिर ल्याउने काम पत्रकारहरूबाट हुँदै आएको छ । माओवादीका नेता पुष्पकमल दाहालको अडियो प्रकरण, कृष्णबहादुर महरा प्रकरण, गोकुल बासकोटाको संलग्ता रहेको सेक्युरिटी प्रेस प्रकरण, शेरबहादुर तामाङको अभिव्यक्ति सार्वजनिक गर्ने कामदेखि वर्तमान पर्यटनमन्त्री सुदन किरातीको हालैको अभिव्यक्तिलाई नागरिकसम्म पु¥याउने भूमिका पत्रकारहरूले नै निर्वाह गर्दै आएका छन् । संसार सधैं अग्रगतिमा चलिरहन्छ । वर्तमानका पत्रकारहरूले यस अग्रगतिलाई रोकेर पश्चगमन गर्ने सम्भावना अब छैन । पत्रकारिताको औपचारिक अध्ययन नभएका बेला पनि केही अग्रणी र निर्भीक पत्रकारहरूले यस क्षेत्रको सारथि भएर काम गरेका थिए । अब पछाडि फर्कने काम भयो भने पुनः चिठीपत्र, हुलाक र पत्रमञ्जुसातर्फ नै पुगिने हो, त्यसको कल्पना अब हुनै सक्दैन ।
त्यस कारण प्रजातन्त्रमा पत्रकारिता र पत्रकारहरूको जिम्मेवारी पहिलेको भन्दा बढेको छ । तर, पत्रकारिताका उपकरण हातमा लिएर हिँडेका सबै व्यक्तिलाई पत्रकारको परिभाषाभित्र समेट्ने हो भने यो क्षेत्र अहिले जति बद्नाम छ त्यसभन्दा अझै बद्नाम हुनपुग्छ । जातीय, साम्प्रदायिक, कुनै दल, व्यक्ति वा कुनै अन्तर्राष्ट्रिय संघसंस्थाको पक्षपोषण गर्नेगरी काम गरिरहेका र स्वच्छ पत्रकारिताका विरुद्धमा आगो ओकलिरहेका व्यक्तिहरूले पत्रकारिता क्षेत्रलाई धमिल्याइरहेको तर्फ सबै सचेत रहनुपर्ने हुन्छ । केही उदाहरणहरणबाट पत्रकार हुँ भन्नेहरूले नै अनेकौं गलत कार्यलाई प्रोत्साहन गर्ने गरेको देखिएको छ । यस्ता व्यक्तिहरूले प्रोत्साहन पाउनुहुँदैन, यदि तिनले प्रोत्साहन पाए भने तिनले पत्रकारिता क्षेत्रलाई अझै बद्नाम गर्ने कुरा निर्वावाद छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता