ललितपुर । सम्भावना नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘सम्भावना नेपाल सशक्तीकरणको लागि नमुना’ भन्ने नाराको साथ बागटोल-४ स्थित सामुदायिक भवनमा सम्भावना नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । महिला, बालबालिका, जेष्ठ नागरिकहरूलाई सशक्तीकरण गर्ने उद्देश्यको साथ सम्भावना नेपालको संस्थापना भएको हो ।
ललितपुर महानगरपालिका-४ का वडा अध्यक्ष सन्तोष खड्काले सम्भावना नेपालले हरेक कार्यहरू गर्दै आएको प्रशंसा गर्दै वडा नं. ४ पनि सम्भावना नेपालसँग सहकार्य गर्दै अगि बढ्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका महिला शाखाको प्रमुख शोभा खरेलले सम्भावना नेपालले ललितपुरमा सक्रिय रुपमा काम गर्दै आएकोप्रति खुशी व्यक्त गर्नुभयो ।
सम्भावना नेपालको अध्यक्ष बिना महर्जनले सम्भावना नेपाल कसरी संस्थापन भयो, संस्थाको लक्ष्य र सम्भावना नेपालले के के कार्यहरू गर्दै आएको छ भनेर जानकारी दिनुभयो । हायर ग्राउण्डका कार्यकारी निर्देशक बिमला श्रेष्ठले सम्भावना नेपालसँग सहकार्य गरि काम गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।
सम्भावना नेपालको सचीव रोजि श्रेष्ठले तेस्रो वार्षिक साधारण सभामा वृक्षरोपण तथा अभिमुखिकरण, प्राथमिक उपचार, झोला साबुन तथा डल्लो साबुन बनाउने, तनाव व्यवस्थापन अभ्यास, आत्मरक्षा अभ्यास तालीम, नारी दिवस अन्तर्गत कार्यक्रम, कानुनी सचेतना कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो । वार्षिक साधारण सभामा कविता गीत प्रस्तुत गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts