न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गर्नुभएको छ । दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गर्नुभएको हो ।
यो वास्तवमा आवश्यकभन्दा कम भए पनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताउनुभयो । हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ ।
उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए । पछिल्लो तथ्यांकअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभर २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts