काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त छ न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त न्यायाधीशहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ ।
संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन हुनुभएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएपछि नवनियुक्त न्यायाधीशहरुले सर्वोच्चमा गएर आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।
न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा