सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाजहरु कबाडीमा बेच्न टेन्डर आह्वान गरेको छ ।
प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्दा बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।
आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छ त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट ल्याइएका जहाजहरु हाल ग्राउन्डेड अवस्थामा रहेका छन्। तत्कालीन सरकारले निगमको लागि दुर्गम क्षेत्र र क्षेत्रीय विमानस्थलहरुमा उड्ने ६ जहाज चीनबाट भित्र्याउने भनी वि।सं। २०६९ मंसिर १० गते निर्णय गरेको थियो।
सोहीअनुसार पहिलो खेपमा एक एमए–६० नेपाल ल्याइएको थियो भने त्यसको करिब सात महिनापछि २०७१ कात्तिक १८ गते वाई १२ ई जहाज नेपाली भूमिमा अवतरण गरेको थियो।
त्यसपछि तेस्रो खेपमा दुई वर्ष नौ महिनापछि अर्को एमए–६० जहाज हस्तान्तरण भएको थियो। त्यसैगरी, अन्तिम खेपमा २०७४ फागुन १३ मा तीनवटा वाई १२ ई जहाज हस्तान्तरण गरिएको थियो।
ती ६ जहाजमध्ये एउटा २०७६ चैत १५ गते नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भयो भने बाँकी जहाजहरु मर्मत कुरिरहेका छन्







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts