काठमाडौं । बिहीबारदेखि सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजक पोखरा इको रेड ब्रिक्स प्रालि बनेको छ । महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको हो ।
संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा-२७ मा हुने १९औँ संस्करणको लेखनाथ महोत्सवमार्फत् स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवद्र्धन गरिने बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायात साधन, कृषि तथा पशुजन्य वस्तु बिक्री तथा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रिप्लस शुद्ध तोरीको तेल र प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता