शेयरबजारमा उछाल : आइतबार नेप्से परिसूचक ९४ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजीबजारमा सुधार आएको हो ।

नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?