वेस्ट बैंकमा इजरायली आक्रमण : ५ प्यालेस्टाइनीको मृत्यु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दस घण्टा लामो सैन्य आक्रमण गरेको थियो । यसैबीच इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्म नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ ।

ADVERTISEMENT

आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएकाअनुसार अक्टोबर ७ मा इजरायली-प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि कम्तिमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज