विद्या र शिक्षामा तात्विक फरक छैन । सामान्यरूपमा हेर्ने हो भने शिक्षा र विद्याले समान अर्थ बोकेका छन् । यी दुबै शब्दको अर्थतात्विक आधार पनि खासै फरक छैन । शिक्षाले मानिसलाई कामकाजी बनाएर धनको पछि दौडाउँछ भने विद्याले मानिसको जीवनका हरेक आधारमा सहयोगी भूमिका दिएर संसारमा बाँच्न र जिउन सिकाउँछ । यही भिन्नतामा यी दुुबै शब्द अडेका छन् । अर्थको दृष्टिले राज्य र विश्वविद्यालयको पाठ्यक्रममा केन्द्रित रहेर प्रमाणपत्रका लागि अध्ययन गरिन्छ त्यो शिक्षा हो । गुुरुको सानिध्यमा गएर पाउने विद्या हो । विद्या र शिक्षाको अन्तरालमा हुुँडलिएको नेपालको शिक्षा नीति सारै नमज्जाको देखिएको छ ।
आज पनि हाम्रो देशमा भिक्षा मागेर सन्त महन्तले चलाएका विद्यालय र गूूरुकुलले जुन किसिमको विद्या दिएका छन् त्यो जीवनको सङ्ग्राममा अजेय देखिएको छ । विश्वविद्यालय र नेपाल सरकारले जुुन किसिमको शिक्षालाई बजारमुुखी बनाएर बजारमा फालेको छ त्यो शिक्षाले मात्र विदेशका गल्लीमा भौँतारिने जनशक्ति उत्पादन गरेको छ । नीतिगत निर्णय नगरी सनकका भरमा विश्वविद्यालय खोल्ने प्रवृत्तिले विश्वविद्यालय नै विद्यार्थीविहीन बनेका छन् । यही अवस्था नेपालको उच्च शिक्षा नीतिमा देखिए अबका केही वर्षमा देशमा उच्च शिक्षाका क्षेत्रमा कमजोर अवस्था देख्नुपर्नेछ । नेपाल सरकार र विश्वविद्यालयले दिएको शिक्षाले आजको युुवालाई पुुगेन र विदेशका गल्लीमा गइरहेको छ किन ? उत्तर कसले दिने हो ।
शिक्षामा सुधार आवश्यक
अपूूर्णः कोद्रपि कोशोद्रयं विद्यते तव भारती
व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात् ।।
हे ! सरस्वती माता हजुुरको कोष अत्यन्त अपूूर्व छ । व्यय गर्दा वृद्धिलाई प्राप्त हुन्छ भने सञ्चय गर्दा दिनानुुदिन घट्दै जान्छ । यसलाई विद्या भनिन्छ । यो विद्या हाम्रा ऋषिहरूले शिष्यप्रशिष्य गरी बाहिर ल्याए तर आजको अवस्था यस्तो रहेन । नेपालको शिक्षा नीतिलाई आधुुनिक बनाउने नाममा राजनीतिले गाँजेको छ । राजनीति स्वस्थ हुनुुपर्ने हुन सकेन । राजनीति व्यवस्थित हुुुनुुपर्नेमा हुन सकेन । समाजको विकाससित शिक्षालाई विकासको आधार बनाउन सकेन नेपालको राजनीतिले । नेपालका सबै विश्वविद्यालय र उक्त विश्वविद्यालयमा अध्ययन हुने विषय र तिनले बहन गर्ने नीति पनि विशिष्ट खालको हुनुु अनिवार्य थियो ।
आजकलको युुवा वर्ग समाजको उन्नति र प्रगतिमा सहायक हुने हो । आजको युुवावर्गले देशको सामाजिक, राजनीतिक, आर्थिक विकासमा सहयोग र टेवा पुुर्याउनुुपर्ने हो तर त्यसो हुन सकेको छैन । नेपालको शिक्षानीतिले जुुनकिसिमको शैक्षिक मान्यता र माहोल खडा गरिदियो जनशक्ति पलायन हुन बाध्य भयो ।
विश्वविद्यालयमा प्राज्ञिक नेतृत्वको अनिवार्यता थियो । आवश्यक थियो उच्च शिक्षामा विशिष्टताको । आवश्यकता थियो देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको । आवश्यक थियो देशलाई उच्चतामा पुु¥याउने जनशक्तिको तर नेपालको सन्दर्भमा त्यसो हुन सकेन । समाजको विकास त राजनीतिका माध्यमबाट भयो । पहिचानका आधारमा राज्यका सबै जातजातिलाई आरक्षणको पोल्टामा राखियो । नेपालको शैक्षिक अवस्था सुुधारिएन ।
उच्च शिक्षालाई आधार मानेर गरिने अध्ययनले आजका विश्वविद्यालयको अवस्था जर्जर बनेर देखियो । विश्वविद्यालयका पदाधिकारीको नियुुक्तिमा गरिने राजनीतिक भागबण्डा नै विश्वविद्यालयीय शिक्षाको ह्रासमा मुुख्य आधार बन्यो । प्राज्ञले विश्वविद्यालय चलाउन सक्दैनन् भन्ने आधारलाई राजनीतिक तर्कका आधारमा पुुष्ट्याइँ गर्ने परम्परामा हुर्केको नेपालको राजनीतिलाई कसले कुुन अवस्थामा लैजाने हो त्यो अझ पनि हेर्न नै बाँकी छ । समाजको विकासमा देखिएको उच्च परिवर्तन र त्यो परिवर्तनले ल्याएको अवस्था आजको विकासमा टेवा बनेको छ ।
आजकलको युुवा वर्ग समाजको उन्नति र प्रगतिमा सहायक हुने हो । आजको युुवावर्गले देशको सामाजिक, राजनीतिक, आर्थिक विकासमा सहयोग र टेवा पुुर्याउनुुपर्ने हो तर त्यसो हुन सकेको छैन । नेपालको शिक्षानीतिले जुुनकिसिमको शैक्षिक मान्यता र माहोल खडा गरिदियो जनशक्ति पलायन हुन बाध्य भयो । किन यस्तो अवस्था सिर्जना गरियो जानकार राजनीतिदलका कार्यकर्ता र नेता नै हुन् ।
विश्वविद्यालयको उच्च शिक्षामा सामान्य नेपाली तथा अङ्ग्रेजीको पृष्टभूूमि नभएका विद्यार्थीहरूले पनि नेपाली र अङ्ग्रेजी विषयमा स्नातकोत्तर अध्ययन गर्न पाउने नीति ल्याइयो । यो नीति र यसकिसिमको मान्यताले विद्यार्थी सङ्ख्यामा तुलनात्मक ढङ्गले परिवर्तन होला ? वा नहोला ? त्यो हेर्न बाँकी नै छ । नेपाली साहित्य, भाषाका बारेमा सामान्य जानकारी राख्न नसक्ने विद्यार्थीलाई अध्ययन गराउँदा भाषाको अवस्था के होला ? सोचेको छ कसैले ? नेपाली भाषा साहित्यको अध्ययन नेपाली पृष्ठभूूमि भएका अध्ययनार्थीका लागि मात्र खोलिनुु आवश्यक थियो तर भएन । हामीले नेपाली सुुहाउँदो वार्षिक प्रणालीलाई कुन कारणले सेमेष्टर प्रणालीमा लगियो । यसको सही र चित्त बुुझ्दो उत्तर कसले दिने । नेपालीलाई शिक्षा दिएर शिक्षा पाएको जनशक्ति नेपालमा खपत गर्न किन सकिएन ।
नेपाली भाषा साहित्यको संरक्षणको चिन्ता हो भने सबै विषय (सङ्काय) मा एक सय पूूर्णाङ्कको नेपाली व्याकरण, भाषा, साहित्य र व्यावहारिक लेखनसहितको पाठ्यक्रम राख्न सरकारसित माग गरौँ । लोकसेवा आयोगमा पचास पूूर्णाङ्कको नेपाली विषय अध्ययन गर्ने व्यवस्थामा लागौँ तर नलागौँ सामान्य जानकारी नपाएको शिक्षार्थीलाई नेपाली विषयमा स्नातकोत्तर अध्ययनको खुला वातावरण दिन । हो साहित्य सिर्जना गर्ने साहित्यकारका लागि उपयोगी हुनसक्छ अध्ययनको आवश्यकता ।
सिर्जनाका हकमा साहित्यशास्त्रले प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई काव्य सिर्जनाका हेतुु (कारण) मानेको छ । त्यहाँ नेपाली भाषा साहित्य नै अध्ययन गर्ने व्यक्तिमात्र साहित्यकार हुन सक्छ भन्ने प्रमाण नै केन्द्र हो भन्ने होइन । त्यसैले नेपाली भाषा साहित्यको उच्च अध्ययनमा सामान्य जानकारी नपाएको व्यक्तिलाई अध्ययनको सुुविधा दिनुु नेपाली भाषा साहित्यका लागि नै घातक हुुुन सक्ने आधार देखिएको छ ।
आज कलेजबाट निस्कने विद्यार्थीभन्दा म्यानपावरका अघि प्रवेशाज्ञा पाउन कुरिरहेका युुवाहरूको ताँतीलाई हेर्दा नै देशको अवस्थामा मन कुुँडिएको छ । देशलाई सबैभन्दा उच्चस्थानमा राखौं । व्यक्तिगत चाहना र इच्छालाई कमजोर बनाऔँ । नेपाली समाज र देश सुुहाउँदो शिक्षालाई प्राथमिकतामा राखौँ ।
नेपाली साहित्य भाषाका बारेमा सामान्य जानकारी नपाएको व्यक्तिले उच्च शिक्षा पाएर प्राध्यापक हुँदाका अवस्थामा विद्यार्थीलाई दिइने ज्ञानको भण्डार कति फराकिलो हुोला ? यो सोचनीय विषय हो । नेपाली भाषालाई मास्ने र नेपाली भाषासाहित्यको खिल्ली उडाउने प्रवृत्तिको विकास आजको त्रिभुुवन विश्वविाद्यालय नेपाली विभागलाई छ र ? नेपाली भाषाको संरक्षणमा लाग्ने विशिष्ट प्राध्यापकबाट नै यसकिसिमको निर्णय हुनुुलाई पक्कै पनि एउटा नेपाली भाषा, साहित्यको सेवकले उचित मान्न सक्दैन ।
नीतिमा परिवर्तन गरौँ
मानिसभित्रको अज्ञानतालाई हटाएर ज्ञानको फराकिलो फाँटमा विचरण गराउने आधार हो विद्या । मानिसलाई सङ्घर्षमा उत्रन नदिने र देशको विकासभन्दा विदेशी रुपैयाँ र विदेशी नागरिक उत्पादन गर्ने शिक्षा । आज नेपालमा सोह्रवटा विश्वविद्यालय छन् । सबै विश्वविद्यलायको आफ्नो विशिष्टीकृत पहिचान छ । तर, विशिष्टीकृत पहिचानलाई भुलाउँदै विभिन्न विषयमा सम्बन्धन दिँदै जाने विश्वविद्यलायबाट उत्पादन भएको जनशक्ति किन पलायन भयो ? यसका बारेमा सोच्ने फुुर्सद खोइ ? कसले सोच्ने । नीतिमा परिवर्तन गर्ने वा नगर्ने । आजको शिक्षार्थी दशजोड दुुईको प्रमाणपत्र प्राप्त गरेपछि भाषाको कक्षा लिन हतारिन्छ किन ? उच्च शिक्षा लिन किन चाहँदैन त्यो युुवा । यसको जवाफ कसले दिने । कसले खोज्ने यसका बारेमा । कसले सोच्ने यसका बारेमा । एउटा आमनागरिकले कि ? देशको सत्तालाई सम्हालिरहेका राजनीतिज्ञले ।
आजको शिक्षालाई हेर्ने हो भने एउटा सन्तले आरम्भ गरेको गुुरुकुल, बौद्ध शिक्षा र मदरसामा विद्यार्थीको चाप बढ्नुु तर सरकारी विद्यालयमा विद्यार्थीको अवस्था न्यूून हुुुनुु कसको दोष हो । विदेशले दिएको पैसाका भरमा देशको शिक्षा नीतिलाई परिवर्तन गर्ने हाम्रो राजनीतिक चिन्तन कत्तिको फराकिलो छ । विदेशले प्रवाह गरेको ऋण र अनुुदानका आधारमा देशको उच्च शिक्षालाई समेत बेवास्ता गर्ने हाम्रो गन्तव्य कहाँ र कता ? यसको जवाफ आजको युुवाले गणतन्त्रका नायक भन्नेसित मागिरहेको छ । गणतान्त्रिक मुुलुुक हो भन्दैमा देश सुुहाउँदो शिक्षा नदिएर विदेशीको अनुुदानका भरमा लिइने शिक्षा नीतिलाई परिवर्तन गरौँ ।
गाउँको जीवन र सहरिया सभ्यतासित सुुहाउँदो शिक्षानीतिलाई बाहिर ल्याउन सकौँ । विश्वविद्यालयमा नियुुक्ति गरिने पदाधिकारीलाई स्वतन्त्र तरिकाले आफ्ना नीति कार्यरूपमा ल्याउने अवसर दिने प्रयास गरौँ । विनाकारण दबाब दिएर एउटा प्राध्यापकको मानमर्दन नगरौँ । प्राध्यापक पनि पदाधिकारी बन्ने उद्देश्य लिएर नेताका कोठाचोटामा धाउन छोडौँ । यदि यस किसिमको अवस्था सिर्जना भयो भनेमात्र देशमा शिक्षाको विकासमा विद्याले स्थान पाउन सक्छ । यो अवस्थाको सिर्जना हुन सकेन भने प्रतिवर्ष लाखौँ विद्यार्थी र तिनीहरूले बोकेर जाने विदेशी मुुद्राले नेपालको विकास त होइन आर्थिक जर्जरताको अवस्था सिर्जना हुने देखिन्छ ।
आज कलेजबाट निस्कने विद्यार्थीभन्दा म्यानपावरका अघि प्रवेशाज्ञा पाउनका लागि कुरिरहेका युुवाहरूको ताँतीलाई हेर्दा नै देशको अवस्थामा मन कुुँडिएको छ । देशलाई सबैभन्दा उच्चस्थानमा राखौँ । व्यक्तिगत चाहना र ईच्छालाई कमजोर बनाऔँ । नेपाली समाज र देश सुुहाउँदो शिक्षालाई प्राथमिकतामा राखौँ । आज विदेशिने विद्यार्थी त्यही देशको नागरिकका रूपमा बस्न चाहन्छ । अध्ययन गरेर नेपाल फर्कन चाहन्न किन ? श्रमस्वीकृति लिएर गएको युुवा आफ्नो सम्पूूर्ण श्रम र पसिना त्यही देशमा बेचेर फर्कन्छ । तर अध्ययनका लागि गएको युुवाले देशलाई बिर्सन बाध्य छ । यो अवस्थाको सिर्जना नगरौँ गणतन्त्रका पहरेदारहरू हो ।






