काठमाडौं । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता केडिया इन्टरनेसनल प्रालिले नेपालमा इलेक्ट्रिक स्कुटरको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगै भारतीय सञ्चारमा व्यापक चर्चा पाएको छ ।
प्रेस ट्रस्ट अफ इण्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो माग सम्बोधन गर्दै केडिया अर्गनाइजेसन नेपालमा एम्पियर इलेक्ट्रिक दुर्ईपांग्रे सवारीसाधन बिक्री, मार्केटिङका लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ ।
त्यस्तै अन्य ७३ सञ्चारमाध्यमले पनि केडिया इन्टरनेसनलले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेका छन् । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता केडियाले नेपालमा इलेक्ट्रिक स्कुटरको बुकिङ खुला गरिसकेको छ ।






