काठमाडौं । महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकता रहेकामा इन्सेकले जोड दिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको १६ दिनमा इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन जारी गर्दै इन्सेकले महिला अधिकारको रक्षार्थ सरकारको जागरूकतामा जोड दिएको हो ।
‘महिला अधिकारको रक्षाका लागि लागू गरिएका कानुनहरूको कार्यान्यवनमा तीनै तहका सरकारको जागरूकता आवश्यक रहेको छ ।’ प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘महिलासँग सम्बन्धित कानुनी प्रावधान एवं राजनीतिक सहभागितामा क्रमशः भएको वृद्धि सकारात्मक छ । तर, विभिन्न खाले संरचनात्मक एवं लैंगिक हिंसाबाट महिला तथा लैंगिक अल्पसंख्यक पीडित हुँदै आएका छन् ।’
नेपालको संविधान (२०७२) को धारा ३८ को उपधारा ३ ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । तर, समाजमा कानुन विपरीतका घटना सार्वजनिक भइरहेका छन् । लिंगका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै आएको विभिन्न तथ्यांकले देखाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts