काठमाडौं । नेपालस्थित महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमबाट कम्पनीले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयुभीहरू स्कार्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० बिक्रीसमेत सुरु गरेको छ । नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयुभी शोरुमको उद्घाटन मन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशंकर ठाकुरलगायतले गरेका थिए ।
सो अवसरमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले धनगढी र आसपासका ग्राहकलाई अधिकतम् सुविधा र गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउनु शोरुमको उद्देश्य रहेको बताउनुभयो । हाल कम्पनीले बिक्री गर्दै आएको महिन्द्रा एक्सयुभी ३०० को प्रारम्भिक मूल्य ४२ लाख ९५ हजार रहेको छ भने सबैभन्दा टप भेरियन्टको मूल्य ६० लाख रहेको छ । स्कार्पियो एनको प्रारम्भिक मूल्य ८१ लाख ५० हजारदेखि टप भेरियन्टको मूल्य एक करोड २४ लाखसम्म रहेको छ भने एक्सयुभी ७०० को ७४ लाख र टप भेरियन्टको मूल्य एक करोड १० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।






