टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गर्नु भएको हो ।
यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह)को नेताबाट रताजीनामा दिने अभ्यास रहे तापनि किशिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय हुनुहुन्छ । रासस/सिन्हृवा ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता