खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : स्वास्थ्य मन्त्री बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताउनु भएको छ ।

बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताउनु भएको हो ।

उहाँले खेल क्षेत्रका माध्यमबाट नेपाललाई विश्वसामू चिताउन सकिने बताएका छन्। उनले खेलले पर्यटन समेत पर्वद्धन हुने बताउनु भयो ।

ADVERTISEMENT

सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविश्य रहने बताउनु भयो। आफू पनि खेलाडी रहेको भन्दै उहाँले जिल्लामा खेलाडी उत्पादन गर्न सदैव साथमै उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आआफ्नो खेलमा मेहनत गरेर सफलता हासिल गर्न सुझाव दिनुभयो। उहाँले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै खेलाडीको पनि विकास हुने बताउनु भयो ।

उहाँले अहिले पैसाकै अभावमा कसैको ज्यान जान गुमाउन पर्ने अवस्था अब नरहने भन्दै खेलाडीको स्वास्थ्य उपचारमा सरकारले सदैव सहयोग गर्ने बताउनु भयो। कार्यक्रममा बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु लामा लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *