जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्‍याएको हो ।

ADVERTISEMENT

महाधिवेशन काठमाडौंमा गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै, उहाँले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको बताउनु भयाे।

मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उहाँले बताउनु भयो। पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिनुभयो।

त्यस्तै, विधानबारे छलफलका लागि उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *