कार्य-कारण सम्बन्ध हरेकमा रहन्छ । कारणविना कार्य हुन सक्दैन । शिक्षा जन्मदेखि नै आरम्भ हुन्छ । ज्ञानका भण्डारलाई अभिवृद्धि गरी जीवनलाई सरल, सहज र सुखद् बनाउन शिक्षाको आवश्यकता पर्ने गर्दछ । समय गतिशील छ । समयको पविर्तनसँगै ज्ञानका आयममा पनि परिवर्तन हुँदै जान्छन् । समयको परिवर्तनसँगै हाम्रा शैक्षिक प्रणालीमा पनि परिवर्तन हुनुपर्दछ । आजको समय प्रविधिको हो । थोरै समयमा धेरै उपलब्धि प्रविधिको प्रयोगले प्राप्त गर्न सकिन्छ । प्रविधि विनाको अबको जीवन असम्भव छ । रहेक स्थानमा प्रविधिले साथ र सहयोग गरिरहेको छ ।
परिवर्तित समयको मागलाई सम्बोधन गर्ने व्यक्ति, समाज र राष्ट्र नै उन्नतिको शिखरमा पुग्न सक्छन् । शिक्षा जीवनोपयोगी हुनुपर्दछ । जसका लागि तदनुसारको प्रायोगिक पाठ्यक्रम र तदनुसारको प्रयोग अपरिहार्य रहन्छ । वैदिक ज्ञानबाट आरम्भ भएको शिक्षा आज एआई प्रविधिसम्म आइपुगेको छ । यसैले वेददेखि एआई प्रविधिसम्मका विषयवस्तुको प्रायोगिक ज्ञान आज आवश्यक छ ।
आजका बच्चा मोबाइलसँगै हुर्किरहेका छन् । बाल्यकालदेखि नै प्रविधि हात-हतमा प्राप्त भइसकेको छ । यसलाई प्रयोग गरी जीवनोपयोगी ज्ञानको अभिवृद्धि गराउन सक्ने पाठ्यक्रम र तदनुसारको शिक्षा आज आवश्यक भएको छ । प्रारम्भिक कक्षादेखि नै व्यवहारोपयोगी सीपमूलक शिक्षालाई आज जोड्नु आवश्यक देखिन्छ । खाना पकाउने कला पढाएरभन्दा प्रयोग गराएर चाँडो जान्न सकिन्छ । यसैगरी प्राथमिक उपचारको व्यावहारिक पक्ष, नैतिक मूल्य र मान्यताको व्यावहारिक एवं प्रायोगिक पक्ष, सीपमूल आधारभूत आवश्यकताका विषयवस्तुको ज्ञान आजको विद्यालयशिक्षाबाट प्रायेगात्मक रूपमा प्राप्त गर्नसक्नुपर्दछ । वर्तमानका पाठ्क्रम र पाठ्यपुस्तकले केवल पुस्तक पढ्नुपर्ने, अभ्यास पुस्तिकामा लेख्नुपर्ने मात्र ज्ञान दिएका छन् ।
सामान्य नैतिक ज्ञान र प्रयोगको अभावमा आजको पुस्ता नैतिक मूल्य र मान्यताबाट विमुख भइरहेको छ । सामाजिक कार्यमा समेत संलग्न गराउँदै शिक्षालाई व्यवहारोपयोगी बनाउने दुई माध्यम भनेका प्रायोगिक र प्राविधिक पाटा हुन् । आज प्रविधिले फड्को मारिसकेको छ ।
यी केवल सैद्धान्ति ज्ञानमात्र हुन् । प्रयोगमा पनि यस्ता विषयवस्तुलाई जोड्नु आज आवश्यक छ । चामल कहाँबाट आउँछ ? भन्दा बोराबाट भनी उत्तरदिने आजको विद्यार्थीको अवस्था विद्यमान छ । हरेक विषयवस्तुलाई सम्भव भएसम्म प्रयोगमा लगेर तदनुसारको मूल्याङ्कन गर्ने परिपाटी रहनुपर्दछ । प्राथमिकदेखि उच्च तहसम्म प्राविधिक र प्रायोगिक शिक्षाको नीति अवलम्बन गरिनु आवश्यक छ । उच्च शिक्षामा कम्प्युटरलाई सामन्यतः टाइप गर्ने कार्यमा मात्र अधिक प्रयोग गरेको पाइन्छ । कतिपय विषयमा त यस्ता प्रविधिले प्रवेश पनि पाएका छैनन् । तर हरेक विषयवस्तुलाई कम्प्युटरका अङ्कसँग जोडेर उच्चतम प्रतिफल लिन सकिने अनन्त सम्भावना कम्प्युटरले जन्माएको छ ।
सामान्य नैतिक ज्ञान र प्रयोगको अभावमा आजको पुस्ता नैतिक मूल्य र मान्यताबाट विमुख भइरहेको छ । सामाजिक कार्यमा समेत संलग्न गराउँदै शिक्षालाई व्यवहारोपयोगी बनाउने दुई माध्यम भनेका प्रायोगिक र प्राविधिक पाटा हुन् । आज प्रविधिले फड्को मारिसकेको छ । आज जस्तो ज्ञान र सीप बालकमा दिएका छौँ भोलि पनि त्यही नै व्यक्त हुने हो । यसैले वैदिक ज्ञानदेखि अत्याधुनिक प्रविधिका प्रायोगिक पक्षसँग आजको पुस्ता भिज्न सक्नुपर्दछ । सत्यं वद, धर्मं चर, स्वाध्यायन मा प्रमदको मूल ज्ञालाई आजको प्रयोग र प्रविधिमा घूलित गराउनु आवश्यक छ ।
तबमात्र व्यक्ति सम्पन्न हुन्छ र समाज र राष्ट्रलाई पनि समुन्नत तुल्याउन सक्छ । आधारभूत विषयवस्तुको ज्ञान गर्नु स्वयंमा अर्थआर्जन पनि हो । जस्तो कि घरका धारा बिग्रिए भने बनाउनसक्नु त्यो बनाउने खर्चलाई बचाउनु पनि कमाउनु हो । यसैगरी बिजुलीका समास्य, इलेक्ट्रोनिक वस्तुका समस्या लगायतका सामान्य सीपका कार्यले स्वावलम्बी बनाउनुका साथै अर्थार्जनमा पनि टेवा पुग्न सक्छ ।
संसारमा जति पनि सम्पन्न मुलुक छन् ती प्रविधिकै कारणले सम्पन्न भएका छन् । आजको प्रविधि एआइसम्म पुगिसेको छ । यसैले आजको हाम्रो शिक्षा अब एआईसँग साक्षात्कार गर्नसक्ने हुनुपर्दछ । यसलाई प्रयोगगरी अघिबढ्न नसक्ने शिक्षाले हामीलाई उन्नतिको शिखर प्रदान गर्न सक्दैन । यसैले विद्यालयतहदेखि नै प्राविधिक विषयवस्तुको ज्ञान दिनु र प्रयोगयोग्य बनाउनु आज जरुरी भएको छ । विश्वको सम्पपन्न राष्ट्र इजराइलबाट पनि यस्ता कुरा जान्न सकिन्छ । आज इजराइल कसरी शक्तिसम्पन्न देश बन्न पुगेको छ ? विश्वका जति पनि उन्नत प्रविधि छन् ती प्रविधिका मालिक किन इजराइली नै अधिक छन् भन्दा इजराइलले शिक्षामा गरेको लगानी हो ।
प्राविधिक र प्रायोगिक शिक्षा नीतिले नै आज इजरायल समुन्नत भएको हो । हरेक प्रविधिको आविष्कर्ताका रूपमा कि त इजराइल आउँछ कि त इजराइली नै आउने गर्दछन् । माइक्रोसफ्ट, गुगल, ओपन एआई, कम्युटरको इन्टेर प्रोसेसरलगायतकउन्नत प्रविधिमा संलग्न व्यक्तिलाई हेर्ने हो भने पनि यो कुरा जान्न सकिन्छ । सूचना प्रविधिका साथसाथै अन्य क्षेत्रमा पनि इजराइललाई मजबुत रूपमा लिन सकिन्छ । शिक्षा, स्वास्थ, कृषि, सूचनाप्रविधि आदि हरेक क्षेत्रमा अग्र रहनुका पछाडिको कारण भनेको नै शिक्षामा गरेको लगानी हो । मूलतः प्राविधिक र प्रायोगिक शिक्षाको उदाहरण हो ।
आज एआईमा भिज्न नसक्ने र त्यसको प्रयोग गरी अघि बढ्न नसक्ने शिक्षा अग्रगामी हुन सक्दैन । उन्नतिका शिखरमा पुग्न विगत, वर्तमान र भविष्य तीन पक्ष हेर्न सक्नुपर्दछ । जसका निम्ति व्यावहारिक, प्रायोगिक र प्राविधिक शिक्षा आज जरुरी छ ।
इजराइलमा प्राथमिक कक्षादेखि नै कम्प्युटरका कोड पढाउने गरिन्छ । हाम्रा शैक्षिक पाठ्यक्रममा उपल्लो कक्षामा गएपछि मात्र कम्प्युटरका सामान्य विषयवस्तुको ज्ञान हुन्छ । यसमा पनि प्रायोगिकभन्दा पनि सैद्धान्तिक विषयवस्तु नै अधिक रहने गर्दछन् । रचनात्मक कार्यतर्फ त्यति चासो दिइएको पाइँदैन । केवल कम्प्युटरको पाटपुर्जाको परिचय गर्दैमा माध्यमिक शिक्षा सकिन्छ । प्रविधिको प्रयोग गरेर विद्यार्थीले कुनै सृजनात्मक कार्य सम्पादन गर्नसक्ने व्यवस्था अझै बन्न सकेको छैन । यसका साथै हाम्रा नैतिक मूल्य र मान्यतका बारेमा हामी पढाउँछौ तर व्यवहारमा उतार्दैनौँ जसले गर्दा हाम्रा शिक्षाका प्रणाली केवल औपचारिकतामा मात्र सीमित छन् ।
मान्यजनलाई नमस्ते गर्नुपर्छ भन्ने पनि हामीले हाम्रा बालबालिकालाई बारम्बार भनिरहनुपर्ने स्थिति छ । स्वयं जानेर शिष्ट व्यवहार गर्नुपर्छ भन्ने पढाएरमात्र यस्तो स्थिति भएको हो । व्यवहारमा पनि यस्ता कुरा प्रयोगमा ल्यानउनुपर्ने हुन्छ । जसरी बोर्डिङमा अंग्रेजीमात्र बोलेपछि त्यो विद्यार्थी अंग्रेजीबोल्न सक्ने हुन्छ । त्यसैगरी अन्य कुरा पनि प्रयोगयोग्य बनाउनु आज आवश्यक छ । केवल पढ्नेमात्र र सोधेका प्रश्नकोे उत्तर दिनेमात्र व्यवस्थाले शैक्षिक उन्नति असम्भव छ । प्रविधियुक्त प्रयोग पनि समान रूपमा हुनु आवश्यक छ ।
बालबालिकालाई हाम्रा हरेक सामाजिक कार्यमा संलग्न हुने वातावरण प्रदान गर्न सक्नुपर्दछ । सामाजिक भावना जागृत गराउँदै सामाजिक उत्तरदायित्वको व्यावहारिक पक्षमा पनि सामेल गराउन सक्नुपर्दछ । जस्तो कि ट्राफिक नियमको पालना गर्ने, जथाभावी फोहोर नफ्याक्ने, आदरणीय व्यक्तिलाई आदर गर्ने, अप्ठ्यारोमा परेकालाई सरसहयोग गर्ने आदि । जापानको शिक्षा र उक्त शिक्षाबाट शिक्षित व्यक्तिको व्यवहारबाट पनि हाम्रा शिक्षाका प्रणाली प्रभावित हुन सक्नुपर्दछ । जापान शक्ति सम्पन्न राष्ट्र बन्नुको पछाडि पनि यस्तै प्राविधिक र प्रायोगिक विषयवस्तुको ज्ञान मुख्य हो ।
आज एआईमा भिज्न नसक्ने र त्यसको प्रयोग गरी अघि बढ्न नसक्ने शिक्षा अग्रगामी हुन सक्दैन । उन्नतिका शिखरमा पुग्न विगत, वर्तमान र भविष्य तीन पक्ष हेर्न सक्नुपर्दछ । जसका निम्ति व्यावहारिक, प्रायोगिक र प्राविधिक शिक्षा आज जरुरी छ । विश्वका जतिपनि समृद्ध मुलुक छन् ती मुलुकले अपनाएको शिक्षा नीति र व्यवहारलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ । जीवन उपयोगी सीपका साथै समायोपयोगी शिक्षा नै मूल केन्द्रबिन्दुमा रहेको पाइन्छ । हरेक विषय र क्षेत्रमा प्रविधिको प्रयोग गर्न सकिन्छ । कलाका क्षेत्रमा एआइ प्रविधि भित्रिसको छ ।
साहित्यका कथा कविता अब प्रविधिले तयार गर्न सक्छ । गणितका सूत्र उदाहरण अब क्षणभरमै समाधान हुन सक्छन् । हरेक विषय र क्षेत्रमा प्रविधिले फड्को मारिसकेको छ । यो सबै मान्छेले नै बनाएको हो । अथक मिहिने र परिश्रमको फल हो यो । यसरी प्राप्त उन्नत प्रविधिलाई प्रयोग गर्न नस्कनु अवनतितर्फ लम्कनु हो । ज्ञानका आयामको सीमा हुँदैन । प्रविधि हाम्रा सहायक हुन् जसको सही सदुपयोगले उन्नतिको अग्रस्थान प्राप्त गर्न सकिन्छ । आज हरेक विषयवस्तु प्रविधिमा जोडिएकाले प्राविधिक प्रयोगयोग्य ज्ञान अबका शिक्षा प्रणालीमा आवश्यक देखिन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता