जिल्ला प्रशासन कार्यालय सप्तरीको मूलगेटमा युवाहरूको धर्ना

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजविराज । सप्तरीका युवाहरू जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बसेका छन् ।

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अविलम्ब निर्माण गर्न माग गर्दै विहीवार जिल्ला प्रशासन कार्यलयको मूलगेटमा युवाहरू धर्ना बसेका हुन् ।

सप्तरी युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, निर्माण स्थलमा रिले अनशन बसिरहेका राम कुमार दास, राजबिराज नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाअध्यक्ष जय नारायण मण्डल, सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम, सुरज यादव, बसन्त यादव, अनिल यादव, एलिस यादव, ओमकार कर्ण, करण शर्मालगायतका सप्तरी युथ आवद्ध युवाहरू धर्ना बसेका छन् ।

१५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने रहेको कार्यक्रम रहेका राम कुमार दासले बताउनु भयो ।

ADVERTISEMENT

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । यद्यपि अहिलेसम्म डिपिआर निर्माण बाहेक त्यहाँ केही काम भएको छैन ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्याकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?