नीलकण्ठ नगरपालिकामा रामशाह चौतारा बनाउने निर्णय

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । नीलकण्ठ नगरपालिका धादिङ र गोरखा नगरपालिकाको संयुक्त बैठकले नीलकण्ठ नगरपालिकामा रामशाह चौतारा बनाउने निर्णय गरेको छ । आज गोरखाको पालुङटार दुई नगरपालिका बीच भएको बैठकले सो निर्णय गरेको हो ।

चालू आर्थिक वर्षदेखि नै चौतारा निर्माणको काम शुरु गर्ने नीलकण्ठ नगरपालिका धादिङका मेयर भीमप्रसाद ढुंगानाले बताउनु भयो ।

ADVERTISEMENT

दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय पनि गरेको छ । यस्तै दुई नगरपालिकाले एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने र सोही समझदारी अनुसार यसवर्ष निलकण्ठले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी रामशाह चौतारा निर्माण गर्न जनाएको छ ।

संयुक्त बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ । यी दुई पालिकाबीच यसअघि नै भगिनी सम्बन्ध स्थापना गरिएको गोरखाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज