स्याङ्जा । सानिमा बैंकले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंक सञ्चालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्तरूपमा गर्नुभयो ।
सो अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार गर्न आग्रह गर्नुभयो । सानिमा बैंकका सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकका रूपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता