युक्रेन युद्धमा परि सधैका लागि अस्ताए इलामका गंगाराज

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । पैसा कमाउला र परिवारलाई खुसी पारौला भनेर नेपाल छोडेर विदेशीएका इलाम नगरपालिका वडा नंबर ९ गोलाखर्कका (साविक इनपा-५) गंगाराज मोक्तानको मृत्यु भएको छ । मृत्युसंगै गंगाराजको सपना पनि विदेशमै अस्ताउन पुगेको छ । रुस-युक्रेन युद्धमा परि सधैका लागि अस्ताएका गंगाराजको घरपरिवारमा अहिले दुःखको अध्यारो छाएको छ ।

वैदेशिक रोजगारीका लागि केही वर्षअघि दुवई गएका मोक्तान लामो सयम दुवईमा नै काम गरे । उनले दुवईमा काम गर्दा कम्पनीबाट पाएको थोरै तलबले गर्दा परिवारका सदस्यलाई खुसी र सुखी बनाउने उनको सपना पुरा हुन सकेन । त्यहि सपना साकार बनाउने लालसामा उनि दुवई बाटै रुसी सेनामा होमिएका थिए । तर उनको मृत्युसंगै मोक्तान परिवारको सपना सँधैका लागि अधुरो बनेको छ । वैदेशिक रोजगारीमा जानुअघि गंगाराज नेपाली सेनामा कार्यरत थिए । करिब दुई महिनाअघि रुसी सेनामा भर्ती भएका उनको मस्कोस्थित नेपाली दूतावासले मृत्यु भएको पुष्टि गरेको छ ।

ADVERTISEMENT

१२ नोभेम्बर अर्थात कार्तिक २६ गते इलाम गोलाखर्क घरमा रहेकी श्रीमतीसँगको अन्तिम कुराकानी हुँदा मोक्तानले ‘ युद्धमा आफू एक साता गएर सकुशल फकिएको र अहिले सिमा भन्दा टाडा आएको छु केही दिन यहि आराम गर्ने त्यस पछि फेरी युद्धमा पठाउछन् होला ’ भन्ने खबर छोडेका थिए ।

त्यसपछि गंगाराज संम्पर्क बाट टाडिए । फेरी मोक्तान युद्धमा गए या गएन्न भन्ने थाहा नभएको उनकी श्रीमती याङ्गिला शेर्पाले बताइन । याङ्गिलाले मोक्तानको शव घर ल्याउन पहलका लागि सबैसँग आग्रह समेत गरेकी छिन् । गंगाराजको घरमा उनकी श्रीमती र सात वर्षका छोरा रहेका छन् । यता इलाम नगरपालिका वडा ९ का वडा अध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउन वडाले सकेसम्म पहल गरिरहेको बताउनुभएको छ । उहाँले जति सक्दो चाडो शव ल्याउन आफुलागि रहेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज