काठमाडौं । जाजरकोट, रुकुम र आसपासका क्षेत्रमा गएकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै एसियन पेन्ट्स नेपालले दुःख प्रकट गरेको छ । कम्पनीले विपद् प्रभावित क्षेत्रमा सरकारको पुनस्र्थापना र पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक एसियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर जी गोपाल कृष्णनले मंगलबार प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
एसियन पेन्ट्सद्वारा भूकम्प पीडितलाई सहयोग
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






