काठमाडौं । हमासले १३ इजरेली ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। हमासले चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन।
कतारले मध्यस्थता गरेको सहमतिपछि इजरेल र हमासबीच चारदिने सङ्घर्षविराम सुरु भएको छ। रिहा गरिएका प्यालेस्टिनीहरूमाथि हत्या प्रयास गरेको, ढुङ्गा हानेको जस्ता कैयौँ आरोपहरू लगाइएको थियो। तीमध्ये कतिपय दोषी ठहर भइसकेका थिए भने केहीविरुद्धको मुद्दा सुनुवाइकै क्रममा थियो।
वेस्ट ब्याङ्कमा रिहा गरिएका उनीहरू आफ्नो घर फर्कन सक्ने इजरेली कारागारले जनाएको छ। रिहा भएका प्यालेस्टिनीहरू इजरेलले पक्राउ गरेका ३०० जना महिला र नाबालकहरूमध्येबाट इजरेल आफैँले छानेका मानिसहरू हुन्।
हमासले रिहा गरेका बन्धक को हुन्?
यसअघि हमासले बन्धक बनाएका २४ जना रिहा भएका थिए। हमासले रिहा गरेका मानिसहरूमध्ये १० जना थाई नागरिक र एक फिलिपिनो छन्। उनीहरू हमास र इजिप्टको सरकारबीचको छुट्टै सम्झौता अनुसार रिहा भएका हुन्। हमासले रिहा गरेका मानिसहरूमध्ये १३ जना इजरेली छन्।
रिहा हुने इजरेलीमा दुई वर्षदेखि ८५ वर्षसम्मका मानिस छन्। हमासले ती ८५ वर्षकी महिलालाई उनको गाउँबाटै अपहरण गरेको थियो। त्यस्तै ७८ वर्षकी क्यान्सरपीडित, ७९ वर्ष,७७ वर्ष र ७२ वर्षका वृद्धाहरू छन्। हमासले रिहा गरेका मानिसहरूमा दुई, चार र छ वर्षका बच्चाहरू र उनीहरूका आमा पनि छन्।
इजरेल र हमासबीचको अस्थायी युद्धविरामअन्तर्गत चार दिनभित्रमा ५० जना बन्धक रिहा हुने जनाइएको छ। हमासका अनुसार त्यसको बदलामा इजरेली पक्षले उसको जेलबाट कुल १५० जना महिला र किशोर किशोरीहरू रिहा गर्ने छ।
इजरेलले गजामा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौँ लरीहरूको प्रवेशलाई समेत अनुमति दिने सहमति जनाएको हमासले बताएको छ।बिबिसी नेपालीबाट







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts