काठमाडौं । डाबर नेपालले भूकम्पपीडितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग ऐक्यबद्धतामा उभिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए ।






