प्रधानमन्त्री दाहाललाई सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।

शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री दाहाललाई सम्मानपत्र प्रदान गर्नुभयो । उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्री दाहाललाई समितिले दही सगुन र बेत्ता ९फेता० समेत प्रदान गरेको थियो ।

ADVERTISEMENT

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट उक्त ऐतिहसिक निर्णय गराउनुभएकामा प्रधानमन्त्री दाहाललगायत मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?