भोजपुर । खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक गर्नु भएका भोजपुरका डिल्लीराम अधिकारीको पुन दोश्रो भिडियो बजारमा आएको छ ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्वर ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक दोश्रो म्यूजिक भिडियो बजारमा ल्याउनु भएको हो । अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्ष समेत रहनु भएका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत सार्वजनिक गरिएको बताउनुभयो ।
गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर अधिकारीको रहेको छ ।
गीतमा मनिपाल राईले संगीत रहेको छ । गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्न समेत आह्वान गरिएको छ । अधिकारीले यसअघि सार्ववनिक गर्नु भएको खाडीको लाहुरे नामक म्यूजिक भिडियो पनि चर्चामा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts