कूष्माण्डनवमी बारे संक्षिप्त जानकारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-तोयराज नेपाल

कार्तिकशुक्ल नवमीतिथिलाई कूष्माण्डनवमी भनिन्छ । यसदिन कूष्माण्ड (कुभिण्डो) दान गर्दा ठुलो पुण्यलाभ हुन्छ ।

यसबारे सनत्कुमारसंहितामा वचन यसप्रकार उल्लेख छ -
"अत्र कूष्माण्डको नाम हतो दैत्यस्तु विष्णुना ।
तद्रोमभिः समुद्भूता वल्यः कूष्माण्डसम्भवाः।।
तस्मात् कूष्माण्डदानेन फलमाप्नोति निश्चितम्।। "

यस कार्तिकशुक्ल नवमीका दिन भगवान् विष्णुले "कूष्माण्डक" नाम गरेको दैत्यलाई मार्नुभएको र त्यस दैत्यका रौंबाट ब्रह्माजीले कूष्माण्डका लहराहरूको उत्पत्ति गर्नुभएको हुँदा र ती लहराबाट कुभिण्डाहरू फल्ने गरेका हुँदा यसदिन कुभिण्डो दान गर्दा महान् पुण्यलाभ हुन्छ ।

"पञ्चरत्नैः समायुक्तं गोघृतेन समन्वितम् । फलान्न दक्षिणा युक्तं ब्राह्मणाय निवेदयेत् ।।"

पञ्चरत्नका साथमा पञ्चरत्न नपाए सुनको टुक्रो मात्र भएपनि कूष्माण्डमा राखी त्यसका साथमा गाईको घिउ, फल, अन्न र दक्षिणासमेत राखेर
"ॐ देवस्य त्वा सवितुः प्रसवेक् श्विनोर्बाहुभ्यां पूष्णो हस्ताभ्याम् , अग्नये जुष्टं गृह्णाम्यग्निषोमाभ्यां जुष्टं गृह्णामि।।"

ADVERTISEMENT

यो वैदिक मन्त्र उच्चारण गरी ब्राह्मणलाई विष्णुरूप मानेर सङ्कल्पपूर्वक कूष्माण्डदान गर्नुपर्दछ । यसरी दान गर्दा पितृहरूको उद्धार भई आफुलाई पनि यसलोकमा सुख समृद्धि प्राप्त भई परलोकमा ठूलो पुण्यलाभ हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ ।

दान गर्नु अघि विष्णुस्वरूप ब्राह्मणलाई यो तलका मन्त्रले प्रार्थना गर्नुपर्दछ। मन्त्र-
"कूष्माण्डं बहुबीजाढ्यं ब्रह्मणा निर्मितं पूरा । दास्यामि विष्णवे तुभ्यं पितृणां तारणाय च।। "

हे विष्णुरूप ब्राह्मणदेव ! भगवान् ब्रह्माजीले सृष्टिगरेको धेरै बीजले युक्त भएको यो कुभिण्डो पितृहरूको उद्धारकालागि म हजुरलाई दान गर्दछु , हजुरले ग्रहण गरिबक्सियोस्,भनेर ब्राह्मणको प्रार्थना गरी त्यसपछि सङ्कल्पपूर्वक दान गर्नुपर्दछ र पुनः त्यसै मन्त्रले प्रार्थना गर्नुपर्दछ । कूष्माण्ड ग्रहण गर्ने ब्राह्मणले पनि ॐ देवस्य त्वा... इत्यादि त्यही वैदिक मन्त्र उच्चारण गरी त्यो कूष्माण्ड ग्रहण गर्नुपर्दछ। त्यसपछि दानप्रतिष्ठासमेत गर्नुपर्दछ। यसरी कुभिण्डो दान गर्दा पितृहरूको र आफ्नो समेत कल्याण हुने हुँदा हामी पनि कूष्माण्ड (कुभिण्डो) दान गरौं र पुण्यलाभ गरौं ।

"अस्यामेव नवम्यां तु कुर्यात् कृष्णे नमो नरः। स्वशाखोक्तविधानेन तुलस्याः करपीडनम्।
कन्यादानफलं तस्य जायते नात्र संशयः।।
कार्तिके शुक्लनवमीमवाप्य विजितेन्द्रियः।
हरिं विधाय सौवर्णं तुलस्या सहितं शुभम् । पूजयेद्विधिवद्भक्त्या व्रती तत्र दिनत्रयम् ।।
धात्र्यश्वत्थौ च एकत्र पालयित्वा समुद्वहेत्।
न नश्यते तस्य पुण्यं कल्पकोटिशतैरपि ।।"

कार्तिकशुक्ल नवमीका दिन भगवान् श्रीकृष्णलाई प्रणाम गरी भगवान् कृष्णकासाथमा तुलसीको विवाह गर्दा कन्यादान गरेको फल प्राप्त हुन्छ। सुनको तुलसीसहितको श्रीकृष्ण भगवान्‌काे मूर्ति बनाएर यसदिनदेखि तीनदिनसम्म भक्तिपूर्वक वैवाहिक उत्सवकासाथ पूजा आराधना गरी आफ्ना शाखाअनुसारका विधानले कार्तिकशुक्ल एकादशीकादिन कृष्णका साथमा तुलसीको विवाह गर्नुपर्दछ। धातृफलफल (अमला) र अश्वत्थ (पीपल) पनि साथै रोपेर पालन पोषण गरी हुर्काएर यसै नवमीकादिनदेखि तीनदिनसम्म वैवाहिक उत्सव गरी पीपलकासाथमा अमलाको विवाह गराउँदा पनि अक्षय्य पुण्यलाभ हुन्छ। त्यसकारण हामी पनि यस दिन कूष्माण्डदान गरौं ,कृष्णकासाथमा तुलसीको विवाह गरिदिऊँ र पीपलकासाथमा अमलाको विवाह गरिदिऊँ , अक्षय्य पुण्यलाभ हुन्छ , कल्याण हुन्छ।
ॐ हरये नमः।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *