काठमाडौं । नेपाल वायुसेवा निगमले ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ सम्मान प्राप्त गरेको छ । भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्राण्डिङ तथा प्रचार-प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्समध्ये सन् २०२३ का लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्रदान गरेको हो ।
सन् २०२३ को नोभेम्बर १६ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । निगमले हाल अन्तर्राष्ट्रियतर्फ चारवटा जहाजबाट दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापानलगायत १० गन्तव्यमा उडान गर्दै आएको छ ।
त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुंगालगायत १५ गन्तव्यमा उडान गर्दै आएको छ ।







Breaking news with related posts